२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

भोटेकोशीमा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबिसेमा दुई जनाको मत्यु, १८ वेपत्ता



सिन्धुपाल्चोक । अविरल वर्षापछि गएराति भोटेकोशी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रविसेमा दुई जनाको मृत्यु भएको छ । १८ जना वेपत्ता भएका छन् ।

राति ११ बजेबाट भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको हो । बिहानैबाट हराएकाहरुको खोजी कार्य थालिएको छ ।

भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताए ।

घटनामा घाइते भएकाहरुको हेलिकोप्टरमार्फत उद्दारको प्रयास गरिएको छ । जुरेदेखि नै सडकमा क्षतिपुगेका कारण उद्दारमा कठिनाई भएको छ ।

बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।

बाह्रबिसे नगरपालिका वडा नं ५ को जम्बुमा गएको बाढीबाट मानवीय क्षति भएको हो । सो ठाउँमा ८ घर बगेका छन् । बाढीले अरनिको राजमार्गमा समेत क्षति पुगेको छ ।

बाढीले सडक बगाएसँगै भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाको सम्बन्ध समेत विच्छेद भएको छ । बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति पुर्याएको छ । बाढीले खाटचौरमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको छ  ।

तस्बिर दिनेश थापाको फेसबुकबाट 

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  ७ : ३९ बजे

३४ वर्षपछि भत्कियो नवलपुर-१ मा कांग्रेसको गढ, ३४ हजार मतान्तरसहित रास्वपाका राजन गौतम विजयी

नवलपुर । करिब तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसको प्रभाव

झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

भद्रपुर । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापाका पाँचै निर्वाचन

खोटाङबाट श्रम संस्कृति पार्टीको खाता खुल्यो, आरेन राई निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत खोटाङबाट श्रम संस्कृति पार्टीले पहिलो

प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको ऐतिहासिक सफलता, १२९ क्षेत्रको नतिजा आउँदा १०० सिटमा जीत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मतगणना जारी रहँदा राष्ट्रिय

इलाम-२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम-२ बाट नेपाल कम्युनिष्ट पार्टी