काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १२ः३१ बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसुची अनुसार शुक्रबारको बैठकमा विनियोजन विधेयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुनेछ ।
जसअनुसार आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथी छुटाईएको बजेटमाथी छलफल हुनेछ ।
सो अघि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक २०८० सभा समक्ष पेश गर्नेछन् ।



















प्रतिक्रिया