४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई दर्जाज्नी चिन्ह प्रदान, कार्यभार सम्हाल्न सुरु



काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह लगाएका छन् ।

गृहमन्त्रालयमा बिहीबार आयोजित एक कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

यसअघिका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे उमेरहदका कारण गएरातिदेखि अवकाश लिएपछि सरकारले क्षत्रीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।

दज्र्यानी चिह्न प्रदान गर्दै गृहसचिव न्यौपानेले कानूनको परिपालनामा थापाको कार्यकालमा उच्च व्यावसायिकता प्रदर्शन हुने विश्वास व्यक्तगरे । कानूनको पालनाका सन्दर्भमा निर्मम हुन आग्रह गर्दै सचिव न्यौपानेले गलत प्रवृत्तिविरुद्ध ‘हिट’ गर्न निर्देशनसमेत दिए ।

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीयले देश, जनता र सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध रहेको बताए।उनले कानूनले तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक निभाउने विश्वास दिलाए । प्रहरी व्यक्तिगतभन्दा संस्थागत निर्णयमा चल्ने भएकाले सोही वातावरण सिर्जना गर्न आफू दत्तचित्त भएर लाग्ने उनले धरणा व्यक्त गरे ।

थापा मंगलबार नेपाल प्रहरीको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका थिए ।  सरकारले वरिष्ठताका आधारमा थापालाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

आईजीपी ठाकुरप्रसाद ज्ञवाली ३० वर्षे सेवा हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जाने भएपछि सरकारले थापालाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

थापा प्रहरी प्रशासनको नीति निर्माण तहमा अब्बल मनिन्छन् । थापासँग विभिन्न जिल्लाको प्रहरी प्रमुख भई काम गरेको अनुभव छ भने महानगरीय प्रहरी कार्यालय रानिपोखरी तथा केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका छन् ।

यस्तै, थापाले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर समेत काम गरेका छन् । २०४९ साल वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका थापा अव भने २०७९ वैशाख १८ गते सम्म प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।  थापाले बिहीबारदेखि नै प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहिबार  १२ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको