२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलाप दुबैमा अब्बल : मणिमुकुन्द कलेज



बुटवल । बुटवलको योगिकुटीस्थित मणिमुकुन्द कलेजले आफ्ना विद्यार्थीहरुले शैक्षिक र अतिरिक्त क्रियाकलापमा हासिल गरेका उपलब्धीहरु सार्वजनिक गरेको छ ।

कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले कलेजमा पढेका आशिष यादवले गत वर्ष लिइएको एमबीबीएसको पूर्ण छात्रवृत्ति प्रवेश परीक्षामा नेपाल छैठौं भएको जानकारी गराए । यस्तै त्यसअघिको एमबीबीएसको प्रवेश परीक्षामा राहुल वर्मा नेपाल पांचौं भएका उनले बताए ।

यस्तै काजोल मल्ल बीबीएसमा त्रिविवि दोस्रो र विकास भट्टराई त्रिविवि तेस्रो भएको बताए । मणिमुकुन्दमै पढेकी दाङकी ज्योति केसी एरोस्पेस इन्जिनियरिङको पढाइका लागि अमेरिकामा नाम निकाल्न सफल भई अमेरिकी वायुसेनामा भर्ती भइ अहिले अन्तरिक्ष यात्राको तयारीमा जुटेकी बताए । शैक्षिक क्रियाकलापसंगै कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै काम गरेको,विशेषगरी भलिबल खेलाडी, रेफ्री र कोच उत्पादनमा महत्वपूर्ण योगदान गरेको प्राचार्य क्षेत्रीले जानकारी गराए ।

कलेजले शैक्षिक गुणस्तरसंगै अनुशासनलाई पनि पहिलो प्राथमिता राखेकाले विद्यार्थीहरुले हरेक क्षेत्रमा उत्कृष्टता हासिल गरेका शनिबार कलेजमा आयोजित पत्रकार सम्मेलनमा सहायक क्याम्पस प्रमुख दिवाकर खनालले बताए ।

कलेजका संयोजक पशुपति चौधरीले कलेजले कक्षा ११ मा भर्ना हुंदा एसईईमा उत्कृष्ट अंक ल्याएका विद्यार्थीसंगै आर्थिकरुपले विपन्न, जेहेन्दार,द्वन्द्वपीडित,फरक क्षमता भएकाहरुलाई शुल्कमा विशेष छुटका साथै जुनसुकै शिक्षक-प्राध्यापकका छोराछोरीलाई शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था रहेको जानकारी दिए ।

कलेजका सञ्चालक उमापति न्यौपानेले शैक्षिक गुणस्तर र अतिरिक्त क्रियाकलापमा प्रदेशमै अग्रणी संस्थाको पहिचान कलेजले बनाउन सकेको भएपनि प्रचार प्रसारमा ध्यान नदिंदा कलेजा उपलब्धीहरु ओझेलमा परेका बताए । कलेजमा प्लस टु तर्फ विज्ञान र व्यवस्थापन संकायको पढाई हुने उनले बताए । कलेजका विशेष शैक्षिक उपलब्धिहरुमा कक्षा १२ को नतिजामा पप्पु बानियाँ नेपाल चौथो, घनश्याम बेलबासे नेपाल पाँचौ, सन्जय गौतम नेपाल तेस्रो सीए वान आईक्याप, दिपक पोखरेल नेपाल प्रथम सबीएमएलटी प्रवेश परीक्षा, प्रियंका खनाल नेपाल द्वितीय बीभीएस्सी प्रवेश परीक्षा, देवशिव भण्डारी नेपाल प्रथम बीएससी एजी प्रवेश परीक्षा,सागर पराजुली नेपाल प्रथम बीएससी एमएलटी प्रवेश परीक्षा, ज्योति केसी प्रथम नेपाली एनालग आन्तरिक्ष यात्री, शिक्षित पराजुली नेपाल तृतीय बीएससी एजी प्रवेश परीक्षा, अस्मिता घिमिरे नेपाल प्रथम (छात्रा तर्फ) बीभीएस्सी प्रवेश परीक्षा, सुजल बस्याल विजेता कोलगेट नेपाल स्पेल बि सिजन फोर, हिमाल खबर पत्रिका शैक्षिक गुणस्तर र नतिजाको सर्वेक्षण वर्ष २०७४/२०७५ अनुसार नेपालका उत्कृष्ट ६४ विद्यालयमा पर्न सफल लगायतका उपलब्धीहरु रहेको कलेजका संयोजक पशुपति चौधरीले जानकारी गराए ।

पत्रकार सम्मेलनमा पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले अब्बल नतिजा र उत्कृष्टतामा निरन्तरताका कारण कलेजले बेग्लै पहिचान बनाएको बताए । उनले जतिसक्लो धेरै विद्यार्थीलाई सुविधा र गुणस्तरीय शिक्षा दिन इमान्दार हुनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति : २३ असार २०८०, शनिबार  ६ : ५३ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न