१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवलमा ११ वर्षीया बालिकामाथि बलात्कार गर्ने सुनिल पक्राउ, बागलुङमा नाबालकबाट नाबालिका बलात्कृत



बुटवल । बुटवल र बाग्लुङबाट बलात्कार आरोपमा दुई जना पक्राउ परेका छन् ।  ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई परियारले शनिबार राती बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । फरक क्षमताकी ती बालिकालाई उनका बाबु सुतिरहेको मौका छोपी परियारले जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । बालिका कराएपछि ब्युंझिए लगत्तै परियार फरार भएकोमा प्रहरीले घर नजिकैबाट उनलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

उता १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ निसीखोला गाउँपालिका(४ जाडेपा बस्ने १७ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती किशोरीलाई सोही गाउँपालिका-४ जाडेपास्थित पानीखोला जंगलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय झिवाखोलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

 

 

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ५ : ०९ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू