९ बैशाख २०८३, बुधबार | April 23, 2026

उत्तर पश्चिम भारतमा भारी वर्षा, आज दिल्लीका सबै विद्यालय बन्द



नयाँदिल्ली । उत्तर पश्चिम भारतका अधिकांश भागहरूमा वर्षाको मौसम जारी छ। देशका धेरै राज्यमा भारी वर्षा भइरहेको छ । दिल्लीका धेरै ठाउँमा पानी जमेका कारण मानिसहरुलाई समस्या भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको छ । अवस्थालाई ध्यानमा राख्दै अरविन्द केजरीवाल सरकारले सोमबार विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

अरविन्द केजरीवालले ट्वीट गर्दै दिल्लीमा विगत २ दिनदेखि परेको मुसलधारे वर्षा र मौसम विभागको चेतावनीलाई ध्यानमा राख्दै सोमवार दिल्लीका सबै विद्यालय एक दिनका लागि बन्द गरिएको बताए ।

दिल्लीमा जुलाईमा अहिलेसम्म १६४ मिलिमिटर वर्षा भइसकेको छ । सहरमा महिनाभर औसत २०९.७ मिलिमिटर वर्षा हुन्छ । अविरल वर्षाका कारण सहरका धेरै पार्क, अन्डरपास, बजार तथा अस्पताल परिसर जलमग्न भएका छन् भने सडक जाम भएको छ ।

सडकमा घुँडा गहिरो पानीमा डुबेका मानिसहरूको तस्विर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्, जसले शहरको ड्रेनेज प्रणालीमा धेरै प्रश्नहरू खडा गरेको छ। हावाहुरी र वर्षाका कारण धेरै क्षेत्रमा विद्युत र इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।

उता, दिल्ली एनसीआरमा भारी वर्षा भइरहेको छ । दिल्लीको छेउमा रहेको हरियाणाको गुरुग्राममा प्रशासनले कर्पोरेट र निजी क्षेत्रमा काम गर्ने मानिसहरूलाई घरबाटै काम गर्न सल्लाह दिएको छ ।

यसैगरी, दिल्लीसँगै उत्तर प्रदेशको गाजियाबादमा पनि प्रशासनले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गाजियाबादका जिल्ला मजिस्ट्रेटले भारी वर्षालाई ध्यानमा राख्दै जुलाइ १० र ११ तारिखमा विद्यालयमा बिदा दिने घोषणा गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ७ : १० बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका