२१ बैशाख २०८३, सोमबार | May 4, 2026

स्मार्ट क्युआर र नेपाल पे क्युआर अन्तरआबद्ध भई सेवा सुचारु



काठमाडौ । नेपाल पे क्युआर र स्मार्ट क्यु आरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन् । आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरुले स्मार्ट क्यु आर र नेपाल पे क्यु आर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन् ।

सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड ९एससीटी० का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगाएत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति थियो ।

क्यु आर भुक्तानीलाई थप प्रवर्धन गर्न नेटवर्क स्तरको अन्तरआबद्धता सहित सञ्चालनका लागि सहकार्य भए संगै नेपाल पे क्यु आर मार्फत आबद्द भएका विभिन्न मोबाइल बेकिंग, वालेट र Connect IPS का प्रयोगकर्ताहरूले स्मार्ट क्यु आर नेटवर्कमा आबद्द सम्पूर्ण दुइ लाख पचास हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन । यसै गरि , स्मार्ट क्यु आर नेटवर्कको मोबाइल बैंकिङ र वालेटहरूले नेपाल पे क्यु आर नेटवर्कमा आबद्द तिन लाख पचास हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने छन।

ग्राहक तथा व्यवसायी दुवै लाई नेटवर्क पहिचान मा समय नखर्ची सिधै भुक्तानी गर्न र लिन मिल्ने यो सुविधाले नेपालको डिजिटल भुक्तानी तथा अर्थतन्त्र मा टेवा पुर्याउने विश्वास लिइएको छ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  २ : २० बजे

भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित

लिलाम सकारेको जग्गा तीन वर्षभित्र बेच्नुपर्ने व्यवस्था खारेज

काठमाडौँ । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा

अब एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने

काठमाडौँ । सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह

आठौँ संस्करणको अभ्यास हातेमालो आजदेखि सुरु

काठमाडौँ । नेपाली सेनाको समन्वयमा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी

सशस्त्र प्रहरीलाई विश्वासिलो सुरक्षा संस्थाका रूपमा विकास गरिनेछ : महानिरीक्षक पौडेल

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनलाई विश्वासिलो,