३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

बुटवल आसपासमा मोटरसाइकल चोर्ने १२ जनाको गिरोह पक्राउ, १४ थान मोटरसाइकल फेला परे



बुटवल । बुटवल र त्यस आसपासमा मोटरसाइकल चोर्ने एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलमा लगातार मोटरसाइकल चोरी हुन थालेपछि प्रहरीले विशेष अप्रेशन संचालन गरेर चोरहरुको गिरोहलाई पक्राउ गरेको हो ।

रुपन्देही जिल्ला आसपासबाट मोटरसाइकल चोरीका घटना बढेसँगै प्रहरीलाई टाउको दुखाई बनेको थियो । प्रहरीले संचालन गरेको अप्रेशनबाट संगठित चोरी गर्ने ६ जनाको समूह सहित १२ जना मोटरसाइकल चोर्ने गिरोह र १४ थान मोटरसाइकल नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले आइतबार पत्रकार सम्मेलन गरेर चोरीकार्यमा संलग्न १२ जनालाई सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले बुटवल र तिलोत्तमा क्षेत्रमा अत्यधिक मोटरसाईकल चोरीका घटना भएपछि प्रहरीले विशेष टोली परिचालन गरेर अप्रेशन संचालन गरेको बताए । एक महिनाअघिबाट विशेष टोली खटाएर अभियान चलाउँदा सफलता हात लागेको बताउँदै उनले अझै पूर्ण समफलदता हात परिनसकेकाले अप्रेशन जारी रहेको बताए ।

उनले पक्राउ पर्नेमध्ये ६ जना एउटै गिरोहमा रहेर संगठित चोरी गर्ने समूह रहेको र अन्य बाँकी २र३ जनाको समूहमा चोरी गर्ने र बेचबिखन गर्ने गरेको खुलेको डीएसपी थापाले बताए ।

पक्राउ परेकाहरुले मोटरसाईकलको रेकी गर्ने, मिलेर चोर्ने, चोरीको साधन लुकाउने, ग्राहक खोज्ने र बिक्री गर्ने जस्ता काम बाँडेर गर्ने गरेको उनले दाबी गरे । अझै पनि चोरीको धेरै सवारी साधन खोज्ने क्रम जारी रहेको उल्लेख गर्दै उनले चोरी गर्ने गिरोहको ठुलै समूह बाँकी रहेको बताए ।

चोरीका सवारी साधनहरु गुल्मी, स्याङ्जा, बागलुङ, काठमाडौसम्म पु¥याइएको जनाउँदै डीएसपी थापाले राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय, सम्बन्धित जिल्लाका प्रहरी कार्यालयहरुको सहयोगमा सफलता हात लागेको बताए । पक्राउ परेका ब्यक्ति उपर सवारी साधन चोरी कसुरमा मुद्दा दर्ता भएर आवश्यक कानुनी प्रक्रिया अघि बढेको उनले बताए ।

पक्राउ पर्नेहरुमा बुटवल उपमहानगरपालिका वडा नं. ३, ज्योतीनगरका १९ वर्षीय तरुन राना, नवलपरासी रामग्रामका ४३ वर्षीय सुनिल कुमार चौधरी, २० वर्षीय करण थारु, गुल्मी घर भई हाल तिलोत्तमा नगरपालिका वडा नं. ५ का २६ वर्षीय सरोज थापा, २६ वर्षीय दिपक रेगामी मगर, तिलोत्तमा–६ का २४ वर्षीय दिपेश थापा, २५ वर्षीय हितेश राना, बाग्लुङ वरेङ गापा वडा नं. ५ का १९ वर्षीय आशिष सामत, २० वर्षीय दिपक सामत, २९ वर्षीय गोरे भन्ने प्रमोद पुर्जा, २२ वर्षीय मिलन खत्री, तिलोत्तमा नगरपालिका वडा नं. ४ का १८ वर्षीय आकाश नेपालीलाई सार्वजनिक गरेको हो ।

बरामद भएका मोटरसाईकलहरु रुपन्देही, पाल्पा, गुल्मी, बागलुङ, स्याङ्जा लगायतका जिल्लाहरुमा फेला परेको डीएसपी थापाले बताए । बरामद भएको १४ मोटरसाईकल मध्य ७ वटाको सवारी धनी बेला परेको र ७ थान मोटरसाईकलको सवारी धनी फेला नपरेको प्रहरीले जनाएको छ । हालसम्म मोटरसाइकल धनी फेला नपरेका मोटरसाइकलहरुमा लु ५७ प ३३९३, लु २० प ६४०६, लु ८२ प ३९२९, लु २७ प ९३०७, लु ६८ प ७४९६, लु ५१ प ६३५२ र लु १६ प २५२५ नम्बरका रहेका छन् ।

चोरी भएका साधनमा बढी बजाज पल्सरसहित सुपर स्प्लेडर र यमाहाका मोटरसाईकल रहेका छन् । चोर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेपनि चोरीको मोटरसाईकल खरीद गर्ने गिरोहलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ४ : १० बजे

सीता जयन्तीले नारीमाथि हुने शोषण अन्त्य गर्न प्रेरणा मिल्ने छ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सीता जयन्तीले नारीमाथि हुने शोषण,

सुसंस्कृत समाज निर्माणका लागि सीताबाट प्रेरणा प्राप्त हुने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली