१७ श्रावण २०८३, आइतबार | August 2, 2026

निःशुल्क छात्रवृत्ति र विद्यार्थीबाट उठाउने शुल्कको विवरण पेश गर्न तिलोत्तमा नगरपालिकाको निर्देशन



बुटवल । तिलोत्तमा नगरपालिकाले निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु र विद्यार्थीहरुबाट उठाउने शुल्कको विवरण पेश गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।

तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले मंगलबार पत्र लेखि नगर भित्रका सामुदायिक विद्यालयहरुलाई शिक्षा ऐन तथा नियमावलीमा तोकिएको बमोजिमको निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नामावली र विद्यालयले उठाउने शुल्कको विवरण साउन ५ गतेभित्र बुझाउन निर्देशन दिएका हुन् । ऐनअनुसार कुल विद्यार्थीको १० प्रतिशतले निःशुल्क छात्रवृत्ति गर्छन् ।

‘प्रस्तुत विषयमा तिलोत्तमा नगरपालिका भित्र सञ्चालित सम्पुर्ण संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८० मा शिक्षा ऐन तथा नियमावलीमा तोकिए बमोजिमको निःशुल्क छात्रवृत्ति विवरण गरि त्यस्तो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नामावली तथा कक्षा नर्सरी देखी कक्षा १२ सम्म विद्यार्थीबाट उठाउने शुल्क विवरण मिति २०५०/०४/०५ गते भित्र अनिवार्य रुपमा यस नगरपालिकामा पेश गर्नुहुन जानकारी गराइन्छ ।’- पत्रमा भनिएको छ ।

तिलोत्तमा नगरभित्र संस्थागत विद्यालय ४० र सामुदायिक विद्यालय ४२ वटा रहेका छन् । तिलोत्तमा कक्षा १२ सम्म अहिले करिब ४४ हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  ४ : ५६ बजे

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो

सय बढी नक्कली उत्पादन बरामद

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सयभन्दा

प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा

काठमाडौँ । नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको