९ चैत्र २०८२, सोमबार | March 23, 2026

लुम्बिनीमा सबैभन्दा बढी जन्मसिद्ध नागरिकता रुपन्देहीबाट वितरण, ३ जिल्लामा शुन्य



बुटवल । नागरिकता सम्बन्धी नयाँ ऐन अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये जन्मसिद्ध नागरिकता लिनेहरुमा रुपन्देहीबाट सबैभन्दा धेरै नागरिकता वितरण भएको छ । रुपन्देहीमा हालसम्म एक हजार ८२५ जनाले जन्मसिद्धको सन्तानका आधारमा नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा जिल्ला प्रशासन कार्यालय भैरहवा, इलाका प्रशासन कार्यालय बुटवल र इलाका प्रशासन कार्यालय मझगाँवाबाट गरि एक हजार ८२५ जनालाई नागरिकता वितरण गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।

जन्मसिद्ध नेपाली नागरिकका सन्तानलाई धमाधम नागरिकता वितरण भइरहँदा लुम्बिनी प्रदेशका तीन वटा जिल्लामा भने अहिलेसम्म कसैले पनि नागरिकता लिएका छैनन् ।
लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये रुकुम पूर्व, प्युठान र रोल्पा जिल्लामा जन्मसिद्धका सन्तानका आधारमा कसैले पनि नागरिकता लिएका छैनन् ।

रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरले नयाँ प्रावधान अनुसार २ जना बाहेक कोहीपनि नागरिकता लिन नआएको बताए । उनले जन्मसिद्धका सन्तानका आधारमा नागरिकता लिन दुई जना आएपनि प्रक्रिया नपुगेका कारण उनीहरुलाई प्रक्रिया पुर्याएर आउन भन्दै फर्काइएको जानकारी दिए ।

यस्तै, प्युठान जिल्लामा अहिलेसम्म कसैले पनि नयाँ प्रावधान अनुसार नागरिकता लिन नआएको जिल्ला प्रशासन कार्यालय प्ुठानका प्रशासकीय अधिकृत मेघराज सैनीले बताए । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले पनि जिल्लामा अहिलेसम्म नयाँ प्रावधानमा टेकेर नागरिकता लिन कोही नआएको बताए ।

देशका ७७ वटै जिल्लामा नयाँ ऐन अनुसार असार १० गतेबाट नागरिकता वितरण थालिएको हो ।

उता बर्दिया जिल्लामा एक हजार २०८ जनाले जन्मसिद्ध नेपाली नागरिकका सन्तानका आधारमा नागरिकता लिएको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले जानकारी दिएका छन् भने बाँके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद शर्माले अहिलेसम्म एक हजार ११४ जनाले जन्मसिद्धका सन्तानका आधारमा नागरिकता लिएको जनाएका छन् ।

पश्चिम नवलपरासी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा अनुसार जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय सेमरीबाट गरी जम्मा एक हजार ५५ जनाले जन्मसिद्धका सन्तानका आधारमा नेपाली नागरिकता पाएका छन् ।

त्यसैगरि कपिलवस्तु जिल्लाको जिल्ला प्रशासन कार्यालय बाहेक चन्द्रोटा र बाणगंगाबाट हालसम्म ७७३ जनाले त्यसरी नागरिकता लिएको कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए ।

यस्तै दाङ जिल्लामा जम्मा ३६ जनाले जन्मसिद्धको सन्तानका आधारमा नयाँ ऐनअनुसार नागरिकता लिएका छन् । सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले पाल्पामा अहिलेसम्म तीन जनाले त्यसरी नागरिकता लिएको बताए ।

यस्तै, गुल्मीमा चार र अर्घाखाँचीमा एक जनाले जन्मसिद्धको सन्तानका आधारमा नागरिकता लिएको ती जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ४ : ५९ बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी