१३ श्रावण २०८३, बुधबार | July 29, 2026

भवन नहुँदा सेवा प्रवाहमा समस्या



ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङदेखि पश्चिमा रहेका नागरिकलाई सहजरुपमा प्रशासनिक सेवा दिने बुर्तिबाङ बजारमा २०५४ सालमा इलाका प्रशासन, मालपात र नापी कार्यालय स्थापना भए । कार्यालय स्थापनापछि उक्त क्षेत्रका नागरिकले नजिकैबाट सेवा लिन पाए । त्यसअघि सामान्य सरकारी कामकाजका लागि बागलुङ बजार धाउनुपर्ने बाध्यता थियो । तर २०५८ सालपछि सशस्त्र द्वन्द्वका कारण तीनवटै कार्यालय विस्थापित भए । कार्यालय विस्थापित भएर बागलुङ बजारमा आएपछि पश्चिम बागलुङवासीले निकै सास्ती पाए ।

इकाला प्रशासन कार्यालय २०६३ सालमा पुनःस्थापना भयो । र सेवा प्रवाह गर्न थाल्यो । सुरुमा सरकारले प्रशासन कार्यालयलाई एकीकृत सेवा केन्द्रको नाम दियो । एकीकृत सेवा केन्द्र २०६९ सालदेखि २०७५ सम्म कायम रहेको थियो भने पुनः २०७५ सालमा इलाका प्रशासन कार्यालयमै रुपान्तरित भयो ।

इलाका प्रशासन २०६३ सालमै पुनःस्थापना भए पनि मालपोत र नापी कार्यालय २०७१ चैतमा मात्र पुनःस्थापना भए । तर अहिलेसम्म तीनवटै कार्यालयको आफ्नो भवन भने छैन । भाडाकै घरबाट सेवा सञ्चालनमा छ । कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । सेवा प्रवाहलाई प्रभावकारी बनाउन समस्या भएको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुँवरले बताए ।

“साँघुरा कोठामा बसेर काम गर्दा गाह्रो भएको छ”, उनले भने । यसअघि बुर्तिबाङको उपल्लो बजार र फाँट बजारमा कार्यालय संचालनमा थियो । मासिक रु ३३ हजार भाडा तिर्दै कुँवरले बताए । यस्तै मालपोत कार्यालय बुर्तिबाङका प्रमुख सूर्यप्रसाद शर्माले मासिक रु ५० हजार तिरेर कार्यालयले सेवा प्रवाह गर्दै आएको बताए ।

“सेवाग्राहीमैत्री भवन नहुँदा समस्या भएको छ”, उनले भने ।

यस्तै नापी कार्यालय बुर्तिबाङकी प्रमुख पायल श्रेष्ठले भाडाको घरबाट चाहेअनुसारको सेवा प्रवाह गर्न नसकेको बताए । उक्त कार्यालयले पनि मासिक रु ३० हजार भाडा तिर्दैआएको छ ।

छब्बीस वर्ष अगाडि स्थापना भएर विभिन्न समयमा विस्थापित भए पनि अहिले भने तीनवटै कार्यालय निरन्तर सञ्चालनमा छन् । यी कार्यालयबाट पश्चिम बागलुङको निसीखाला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका ३२ वडाका नागरिकले सेवा लिएका छन् ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ८ : ३१ बजे

काठमाडौंबाट एक लाख २० हजार लागुऔषध क्याप्सुलसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ गाङ्खेलबाट सशस्त्र प्रहरीले एक लाख २०

चिकित्सक संघको आन्दोलन दोस्रो दिन पनि जारी, आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा

विश्व बाघ दिवस : पछिल्लो बाघ गणना सार्वजनिक गरिँदै, सङ्ख्या बढ्ने सङ्केत

काठमाडौं । विश्व बाघ दिवस प्रत्येक वर्ष जुलाई महिनाको २९

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज, वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ

लगातार हारको शृंखला तोड्ने लक्ष्यमा नेपाल, आज नेदरल्यान्ड्ससँग अन्तिम भिडन्त

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक