५ पुस २०८२, शनिबार | December 20, 2025

गुल्मीमा जीप दुर्घटना, चार जना घाइते, एक जनाको अवस्था गम्भीर



गुल्मी । जिल्लामा जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। ६ जना यात्रु बोकेर जिल्लाको सदरमुकाम तमघासदेखि मदाने गाउँपालिका-१ अग्लुङतर्फ जाँदै गरेको लु१च ८०२४ नम्बरको जीप रेसुंगा नगरपालिका-४ रैदीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइतेहरूको जिल्ला अस्पताल तमघासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

घाइते हुनेमा प्युठान गौमुखी गाउँपालिका-१  अर्खाका २२ वर्षीय यम बहादुर बुढा,सोही ठाउँका २१ वर्षीय नवीन बुढा, सोही ठाउँकै २८ वर्षीय चन्द्र मगर र मदाने गाउँपालिका-१ अग्लुङका २१ वर्षीय लक्ष्मण जिसी रहेका छन्।

उनका अनुसार घाइतेमध्ये यम बहादुर बुढाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको जनाएको छ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ७ : ५४ बजे

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता

चिनियाँ पर्यटक लक्षित जनशक्ति विकासका लागि सातौँ संस्करणको भाषा तालिम

काठमाडौं । नेपालमा चिनियाँ पर्यटक लक्षित जनशक्ति उत्पादनका लागि सञ्चालन