१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कञ्चनपुरमा लागूऔषधसहित पाँच जना पक्राउ



कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । पुनर्वास नगरपालिका (ङ) गाउँबाट पुनर्वास-५ का २८ वर्षीय कृष्ण प्रसाद बडुसहित दुईजनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

उनीहरूलाई ५४० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको जनाएको छ । अस्थायी प्रहरी पोष्ट आई.बि.आर.डि.कञ्चनपुरबाट खटिइएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस्तै बेलौरी नगरपालिका–१० सडकघाटबाट दोधारा चाँदनीनगरपालिका वडा नम्वर–५ का २१ वर्षीय मनिष भण्डारीसहित तीनजनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई ३३० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलडाडी र प्रहरी चौकी भुडाबाट खटिइएको संयुक्त प्रहरी गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा लागूऔषधसहित एकथान मोटरसाईकलसमेत पक्राउ गरी उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ५ : ४९ बजे

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस

कपिलवस्तुमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बुटवल । कपिलवस्तुको शिवराज नगरपालिका-५ दक्षिण रहटकोलमा टिपरको ठक्करबाट एक

बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

लुम्बिनी प्रदेश सरकारले घटायो मन्त्रालय संख्या

दाङ । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी र चुस्त बनाउन

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा