१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

ललिता निवास प्रकरण : अनुसन्धान गर्न पाँच दिन म्याद थप



काठमाडौं । ललिता निवासको जग्गा हिनामिना भएको घटनामा पक्राउ परेका १७ जनामाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले आरोपीलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतले थप अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

उक्त घटनामा प्रहरीले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, पूर्वसरकारी कर्मचारीसहित १७ जनालाई पक्राउ गरेको छ । उनीहरु विरुद्ध मुलुकी ऐन, २०२० को किर्तेसम्बन्धी कसुर र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विसं २०४९ देखि २०६९ को अवधिमा सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको एक सय ४३ रोपनी जग्गा हिनामिना भएको थियो । यसअघि सिआइबीले अनुसन्धान सकेर तीन सय जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रतिवेदन फिर्ता गरेको थियो ।

त्यसपछि अहिले पुनः सिआइबीले अनुसन्धान थालेको हो । आरोपीमध्ये १७ जनाले थुनाबाहिर राखेर अनुसन्धान गर्नुपर्ने गरी सर्वोच्चबाट अन्तरिम आदेश ल्याएपछि सिआइबीले त्यसको खारेजीको मागसहित भ्याकेट निवेदन दिएको छ । केही आरोपीहरूले भने बन्दीप्रत्यक्षीकरणको रिट दिएका छन् ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ६ : २२ बजे

नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने

काठमाडौं । नेपाली कामदारले वैदेशिक रोजगारीमा जाँदा आजदेखि लागू हुने

फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाभित्रका सबै संरचना हटाउन सम्बद्ध पक्षलाई

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य केही बढेको छ

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका

अन्तरराष्ट्रिय मित्रता दिवस : आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय मित्रता दिवस हो । यो दिवस