२० माघ २०८२, मंगलबार | February 3, 2026

एसीसी इमर्जिङ कप : भारतको सामना गर्दै नेपाल



काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज भारत ‘ए’ विरुद्ध प्रतिस्पर्धामा उत्रिँदा नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो जितको खोजीमा हुनेछ ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाली टिम यसअघि पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो । सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न पनि नेपाली टिमलाई आज जित्नै पर्ने दबाब छ ।

यता, नेपालविरुद्ध मैदान उत्रिँदा भारत ‘ए’ भने लगातार दोस्रो जितसहित प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्ने लक्ष्यमा हुनेछ । भारतले यसअघि युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ । आजको खेलपछि नेपाली टिमले साउन ३ गते समूह चरणको अन्तिम खेलमा यूएई ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुनेछ ।

प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ८ : ०७ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि