४ पुस २०८२, शुक्रबार | December 20, 2025

एसीसी इमर्जिङ कप : भारतको सामना गर्दै नेपाल



काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज भारत ‘ए’ विरुद्ध प्रतिस्पर्धामा उत्रिँदा नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो जितको खोजीमा हुनेछ ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपाली टिम यसअघि पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेटले पराजित भएको थियो । सेमिफाइनल पुग्ने सम्भावना कायम राख्न पनि नेपाली टिमलाई आज जित्नै पर्ने दबाब छ ।

यता, नेपालविरुद्ध मैदान उत्रिँदा भारत ‘ए’ भने लगातार दोस्रो जितसहित प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्ने लक्ष्यमा हुनेछ । भारतले यसअघि युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा हुने खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुनेछ । आजको खेलपछि नेपाली टिमले साउन ३ गते समूह चरणको अन्तिम खेलमा यूएई ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगितामा नेपालसहित एसियाका आठ टिम सहभागी छन् । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’मा ओमान, अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् । समूह ‘बी’मा नेपाल, भारत, पाकिस्तान र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरू साउन ५ र फाइनल साउन ७ गते हुनेछ ।

प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ८ : ०७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको