२० मंसिर २०८२, शनिबार | December 7, 2025

प्रधानमन्त्री विरुद्ध अनर्गल पोष्ट गर्ने राना बुटवलबाट पक्राउ



बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध सामाजिक सञ्जालमा अनर्गल स्टाटर पोष्ट गर्ने बेटवलका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनसँग जोडेर सामाजिक सञ्जालमा असंवेदनशील कुरा लेखेको आरोपमा नेपाल प्रहरी साइबर ब्युरोले बुटवलको देबीनगरबाट एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा देवीनगरबाट शेरबहादुर राना मगर रहेको बताइएको छ । ब्युराको टोलीले काठमाडौबाट लोकेशनको खोजी गर्र्दैै बुटवल आएर रानालाई पक्राउ गरेर लगेको हो । इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा रानालाई पक्राउ गरिएको स्रोतले दाबी गरेको छ ।

मगरले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनबारे सामाजिक सञ्जालमा असंवेदनशील कुराहरू लेखेको आरोपमा उनलाई पक्राउ गरिएको ब्युरो स्रोतले जनाएको छ ।

‘अरूलाई विधवा बनाएर अब आफ्नो पनि त्यस्तै हो ……’ भन्ने खालको कुरा जोडेर लेखेको अभियोगमा छाबिन गर्दा रानाले सो स्टाटस पोष्ट गरेको देखिएपछि पक्राउ गरिएको स्रोतको दाबी छ ।

त्यस्तै मगरमाथि प्रधानमन्त्री प्रचण्डको तस्बिर जोडेर भारतीय आधार कार्ड, आयकर कार्ड लगायत नक्कली विवरणसहितको तस्बिर सामाजिक सञ्जालमा राखेको आरोप पनि प्रहरीले लगाएको छ।

आइतबार साँझ पक्राउ गरेको रानालाई ब्युरो टोलीले उनलाई आज काठमाडौं लगेको स्रोतले बतायो ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ११ : ५९ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल