७ कार्तिक २०८३, शनिबार | October 24, 2026

तिनाउ किनारमा २५ वर्षिया युवतीको शव फेला



बुटवल । रूपन्देहीको कोटहीमाई ५ स्थित तिनाउ नदी किनारमा बेवारिसे महिलाको शव फेला परेको छ। अन्दाजी २५ वर्षकी महिलाको शव नदीमा तैरिरहेको अवस्थामा आईतबार बुलेका ७ः३० बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गररेका थिए ।

तिनाउ नदी किनारमा बेवारिसे शव फेला परेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । टिसर्ट र लुङ्गी लगाएकी गोरो रंगभएकी महिला थारू वा पहाडी समुदायको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । शवको सनाखत भइनसकेको डीएसपी अर्यालले बताए ।

स्थानीबाट जानकारी पाए लगत्तै घटना स्थलमा पुगेर स्थानीय जनप्रतिनिधिको रोहबरमा मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि भिम अस्पतालमा भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  १२ : ४० बजे

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान