४ पुस २०८२, शुक्रबार | December 20, 2025

इमर्जिङ टिम्स एसिया कप : भारत ए सँग नेपाल ९ विकेटले पराजित



काठमाडौं। श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारतले २२।१ ओभरमा १ विकेट गुमाउदै पुरा गर्यो। भारतको जितमा ओपनर अभिषेक शर्मा ८७ रन बनाए। अर्का ओपनर साई सुदर्शनले अविजित ५८ रन बनाए। धुव्र जुरेल २१ रनमा अविजित रहे। नेपालका लागि कप्तान रोहित शर्माले मात्र एक विकेट लिए। उनले ओपनर अभिषेक शर्मालाई कुशल मल्लको हातबाट क्याच आउट गराए। लिस्ट ए क्रिकेटमा रोहितको यो पहिलो विकेट हो।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३९।२ ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो। टोलीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाएका थिए। अर्धसतक बनाएका पौंडेलले ८५ बलको सामना गर्ने क्रममा ७ चौंका प्रहार गरे। ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए।

अर्का ओपनर आसिफ शेख पनि ७ रन बनाएर आउट भए। तेस्रो नम्बरमा आएका देव खनाल १५ रन बनाएर आउट भए। त्यस्तै भिम सार्कि ९४०, कुशल मल्ल ९००, सोमपाल कामी ९१४०, पवन सर्राफ ९६० र ललित नारायण राजवंशी ९३० रन बनाएर आउट हुँदा किशोर महतो २ रनमा अविजित रहे। गुलशन कुमार झा ३० बलमा ३८ रन बनाएर आउट भए। उनले २ चौंका र २ छक्का प्रहार गरे। भारत ए का लागि बलिङमा निशान्त सिन्धुले ४ विकेट लिए। राजवर्धन हांगरगेकरले ३ विकेट लिए। हर्षित राणा २ र मानव सुथारले १ विकेट लिए।

आजको हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। नेपालसँगै युएई पनि प्रतियोगिताबाट बाहिरिएको छ। आजै भएको अर्को खेलमा युएई पाकिस्तान ए सँग १ सय ८४ रनले पराजित भएको थियो। २ खेलमा २ जितका साथ भारत ए र पाकिस्तान ए १ खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको छ। अब नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार  ८ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको