२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाढी र पहिरोले जम्मु कश्मिरमा आठ जनाको मृत्यु



नयाँदिल्ली । दक्षिण पश्चिम मनसुनका कारण लगातारको अविरल वर्षा र पहिरोले पहाडदेखि तराईसम्मको जनजीवन प्रभावित भएको छ ।

जम्मुमा भारी वर्षाका कारण आएको पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु भएको छ । हिमाली क्षेत्रमा वर्षाका कारण दिल्लीमा यमुनाले फेरि खतराको निशान पार गरेको छ । हिमाचल प्रदेशदेखि उत्तराखण्ड, पश्चिम उत्तर प्रदेश, महाराष्ट्र, कोंकण र गुजरातसम्म भारी र भीषण वर्षाले जनधनको क्षति गरेको छ । हिमाचल-उत्तराखण्डमा झण्डै एक हजार सडक बन्द छन् ।

जम्मुको कठुआ तहसीलमा पहिरोका कारण दुर्घटना भएको हो । मृत्यु हुने सातै जना एकै परिवारका रहेको बताइएको छ । बुधबार बिहान पहिरो गएपछि मानिसहरु निदाइरहेका थिए । रामबन र बनिहालको बिचमा पहिरो र चट्टान खसेको कारण जम्मू श्रीनगर राष्ट्रिय राजमार्ग छ घण्टा भन्दा बढी बन्द भएको थियो।

यसैबीच हिरानगर क्षेत्रको दयालाचक र चडवल बीचको तरनाह नालाको पुलमा दरार परेपछि जम्मु-पठानकोट राजमार्ग अनिश्चितकालका लागि बन्द भएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहिबार  ७ : ३६ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय