१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

कनेक्ट अष्ट्रेलियनको नवौं शाखा बुटवलमा, शनिबार शुभारम्भको तयारी



बुटवल । कनेक्ट  एजुकेशन अष्ट्रेलियन एण्ड भिजा सर्भिस कन्सल्टेनसीले बुटवलमा शाखा स्थापना गरि शनिबारदेखि सेवा विस्तार गर्ने भएको छ । आफ्नो नवौं शाखाको रुपमा बुटवल-६ मैत्रीपथमा कार्यालय स्थापना गरेको छ ।

स्टुडेन्ट भिसामा अष्ट्रेलिया गएर लामो समय त्यहाँ बसेका र फर्केका युवाहरुको समूहले सन् २०१७ देखि चितवनबाट शुरु गरेको यो कन्सल्टेन्सीले विद्यार्थी र अभिभावकको चाहना अनुसार बुटवलमा पनि सेवा सुरू गरेको सिईओ देवराज कंडेलले बताए । विद्यार्थीको माग र सहजताका लागि बुटवलमा शाखा स्थापना गर्नु परेको बताउँदै उनले उनीहरुलाई सही र मार्गनिर्देश गर्न कनेक्ट कन्सल्टेन्सी प्रतिवद्ध रहेको उल्लेख गरे ।

बुटवलपछि अर्को शनिबार तनहुको दुलेगौडामा थप अर्को शाखा सञ्चालनमा ल्याउने गरि तयारी गरेको सञ्चालक मेघराज कंडेलले बताए । कन्सलटेन्सीले युवाहरुलाई विदेश जानका लागि प्रेरित गर्ने भन्दा पनि विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई भिसा प्रक्रियाका लागि सहजिकरण गर्ने काम भएको उनले बताए । आफूहरुले अन्य संस्थाभन्दा , फरक ढङगले सेवा उपलब्ध गराउने बताउँदै उनले अष्ट्रेलिया पुगिसकेका विद्यार्थीहरुमा आइपर्ने समस्याहरुका बारेमा समेत सहजिकरण गरिने उल्लेख गरे ।

सञ्चालकहरु शम्भु पन्त, रोशन न्यौपाने, हुमराज भुसाल लगायतले बोल्दै कनेक्ट अष्ट्रेलियन एजुकेशनले आगामी दिनमा विदेश गएर अध्ययन पूरा गरेका विद्यार्थी नेपालमै फर्किएर केही गरौं भन्ने सन्देशसहितका कार्यक्रमहरु समेत ल्याउने बताए ।

कनेक्टले अष्ट्रेलियाका विभिन्न विश्वविद्यालयमा एकाउन्ट, नर्सिङ हेल्थ, इन्फरमेशन टेक्नोलोजी, कृषि, कम्प्युटर साइन्स, साइकोलोजी, पर्यटन तथा होटल व्यवस्थापन, कृषि विज्ञान, इन्जिनीयरिङको अध्ययनका लागि विदेश जान चाहनेहरुलाई सही परामर्श दिने जनाएको छ ।

विद्यार्थीले सही परामर्श दिने संस्थाको साथ नपाए समस्या आउन सक्ने भएकाले सही र गुणस्तरीय परामर्शमा कनेक्ट अब्बल रहेको दावी गरिएको छ । यसैबीच कनेक्टले शनिबार बुटवलको मेरिगोल्ड होटेलमा वृहत सेमिनार सहित शाखा उद्घाटन गर्ने जनाएको छ । कार्यक्रममा चर्चित हास्य कलाकार राजा राजेन्द्र लगायत उपस्थित हुने जानकारी गराएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ९ : ४७ बजे

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक

राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसमा प्रमुख निर्वाचन

गृहमन्त्री गुरुङ सुनसरी जाँदै

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाने भएका छन्

प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन

आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जलगायत क्षेत्रमा हालै