५ जेष्ठ २०८१, शनिबार | May 19, 2024

भारतले अध्यागमन कार्यालय बन्द गरेपछि नेपालगन्ज अध्यागमनको कामकाज ठप्प



नेपालगन्ज । सीमावर्ती रुपईडिहामा रहेको भारतीय अध्यागमन कार्यालयले सेवा प्रवाह बन्द गरेसँगै नेपालगन्जमा रहेको अध्यागमन कार्यालय कामबिहिन बनेको छ । पहिलो पटक कोभिड सङ्क्रमण बढेपछि सीमा नाका बन्द भएलगत्तै भारतले अध्यागमन कार्यालय बन्द गरेसँगै नेपालगन्जको अध्यागमन कार्यालय कामबिहिन बनेको हो ।

भारतको अध्यागमन कार्यालय बन्द भएपछि नेपालगन्ज नाका भएर हुने पर्यटकहरूको आवागमन पनि बन्द भएको छ ।

करिब तीन वर्षदेखि अध्यागमन कार्यालय नेपालगन्जका कर्मचारीले नाका प्रयोग गरेर ओहोरदोहोर गर्न खोज्ने पर्यटकलाई सम्झाई बुझाई गराई अन्य नाकाको प्रयोग गर्न सुझाव दिने बाहेकका काम गर्न सकेका छैनन् ।

भारतको अध्यागमन कार्यालय बन्द भएदेखि नै नेपालगन्जको अध्यागमन कार्यालयले सेवा दिन नसकेको कार्यालयका वरिष्ठ अध्यागमन सहायक कृष्णा रानाले बताए ।

विदेशी पर्यटकलाई भारततर्फ काम नहुने भएपछि सुनौली वा अन्य नाकाबाट भारत प्रवेश गर्न सुझाव दिइने गरेको उनले बताए । रानाका अनुसार पछिल्लो समय भने अध्यागमन कार्यालयले भारतीय पक्षसँग समन्वय गरी तेस्रो देशबाट फर्केका भारतीयलाई प्रस्थान तथा दिल्ली हुँदै अन्य देशबाट फर्केका नेपालीलाई आगमन स्वीकृति दिने गरेको छ ।

कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७९।८० मा विदेशबाट नेपाल हुँदै भारत प्रवेश गर्न आएका १७ जना भारतीय नागरिकलाई अनुमति दिइएको छ । सोही अवधिमा ३ जना नेपालीलाई नेपालगन्ज प्रवेश अनुमति दिइएको छ । उनीहरू तेस्रो देशबाट भारत हुँदै नेपाल प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ९ : ४९ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया