३० बैशाख २०८१, आइतबार | May 12, 2024

तिनाउ नदीमा आयो बाढी, जलसतह खतरा तह भन्दा निकै माथि, दिउँसो १२ बजेसम्म सतर्क रहन आग्रह



बुटवल । रुपन्देहीसहीत लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ ।

रुपन्देही, पाल्पा, नवलपरासी, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ नदी र पश्चिम राप्ती नदीमा बाढी आएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान ६:१५ बजे सार्वजनिक गरेको सूचना अनुसार तिनाउ नदी बाढीमापन केन्द्र बुटवलमा जलसतह खतरा तह भन्दा निकै माथि पुगेको र बढ्दो रहेको छ ।

तिनाउको बाढी बढ्दो क्रममा छ । त्यसैले बाढीको उच्च जोखिम, तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो १२ बजे सम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरेको छ ।

यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार चितवनको भरतपुर एयरपोर्ट र दाङको बबई नदी बेसिनको सुखबारे भन्ने स्थानमा पनि अत्यधिक वर्षा मापन भएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ७ : १२ बजे

संसदीय उपसमितिद्वारा मेलम्ची आयोजनाको अनुगमन

सिन्धुपाल्चोक । संसदको पूर्वाधार विकास समितिअन्तर्गतको खानेपानी उपसमितिले राष्ट्रिय गौरवको

चिदिका-रुपन्देही सम्पर्क समाजमा गीता ज्ञवाली

बुटवल । चिदिका-रुपन्देही सम्पर्क समाज बुटवलको अध्यक्षमा गीता ज्ञवाली चयन

गायक रवि ओडले गरे आत्मसमर्पण

धनगढी । नेपाल आइडल सिजन २ का विजेता रवि ओडले

एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज पनि जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

कोलकोता आइपिएलको प्लेअफमा

काठमाडौं । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को