२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

लायन्स क्लब अफ बुटवल फुलबारीद्वारा सम्मान



बुटवल । लायन्स क्लब अफ बुटवल फुलबारीले लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी नेपालका डिष्ट्रिक गभर्नर अर्जुनमान सैजू, प्रथम डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, द्धितीय डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, पाष्टर डिष्ट्रिक गभर्नरहरु, महेन्द्रनारायण श्रेष्ठ, सुनिल वझालगायतका डिष्ट्रिकका सम्पूर्ण सदस्यहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गभर्नर अर्जुनमान सैजूले डिष्ट्रिकको बारेमा वर्षभरिका कार्ययोजनाको जानकारी गराउँदै लायन्स क्लव अफ बुटवल फुलबारीले सामाजिक कार्यमा महत्वपूर्ण भूमिका खेलेकोमा बधाई तथा धन्यवाद व्यक्त गरेका थिए ।

प्रथम डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले बोल्दै लायन्स क्लवले सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका विभिन्न क्षेत्रमा उल्लेखनीय कार्य गरेकोले आगामी दिनमा पनि क्लबले अझै उत्कृष्टता हासिल गर्नुपर्नुमा आफू विस्वस्त रहेको बताए ।

कार्यक्रममा लायन्स क्ल अफ बुटवल लोटसका अध्यक्ष अस्मिता घिमिरेले शुभकामना मन्तव्य रोखेकी थिईन् । डिष्ट्रिक गभर्नरको पहिलो कार्ययोजना अन्तर्गत शिक्षाका लागि अभिभावकत्व ग्रहण गर्नेगरी तिलोत्तमा–११ रामनगरमा बस्ने २ जना बालबालिकाहरु रोनिष्का बि क र निष्चल बिकलाई कक्षा १२ सम्मको निःशुल्क अध्ययनको लागि क्लबका पूर्व अध्यक्ष गोकुल विश्वकर्मा र क्लबका संस्थापक सदस्य अनिल राजभण्डारीले जिम्मेवारी लिएका छन् ।

शिवपुर मा।वि। मा कक्षा ८ मा अध्ययनरत विद्यार्थी रोनिष्का विक र कक्षा ७ मा अध्ययनरत निष्चल बिकलाई उनीहरुले पढाउने जिम्मेवारी लिएका हुन् । सोही अनुसार १ वर्षका लागि लाग्ने शैक्षिक शुल्क, कपी र ड्रेस विद्यार्थीका हजुरआमा भगवती थारु र विद्यालयका शिक्षक गुरुप्रसाद भट्टराईलाईको उपस्थितिमा उपलब्ध गराएका छन् भने प्रत्येक वर्ष वार्षिकरुपमा लाग्ने अन्य शुल्क उपलब्ध गराउने क्लवले जनाएको छ ।

त्यस्तैगरी क्लबका अध्यक्ष नरेन्द्र प्रसाद श्रेष्ठले आफ्नो कार्यकालको सुरुवातमै अभिभावकविहीन सोही विद्यार्थीलाई अध्ययन गर्नका लागि यातायातको सहजताका लागि नयाँ साइकल उपलब्ध गराएका छन् । त्यस्तैगरी सोही कार्यक्रममा लायन्स क्लब अफ बुटवलद्वारा खोलिएका क्लवहरु ‘लायन्स क्लव अफ बुटवल लालीगुरास, सयपत्री, सिद्धार्थ, र लोटसले डिष्ट्रिकमा उत्कृष्ट सामाजिक कार्यहरु गरेकोमा क्लबले सम्मान गरेको छ ।

क्लवले २०७९ को एसईई परीक्षामा उत्तीर्ण सदस्यका ३ जना छोराछोरीहरुलाई हार्दिक बधाईसहित प्रमाणपत्रले सम्मान गरेको छ । क्लबमा जोडिएका २ जना नयाँ सदस्यहरु, वर्ष सन् २००६ देखि २०२२ सम्म क्लबको विकासका लागि महत्वपूर्ण योगदान दिएका क्लबका पूर्व अध्यक्षहरु, ०२२/०२३ मा उत्कृष्ट कार्य गरेका निवर्तमान अध्यक्ष धिरजमान श्रेष्ठलगायतलाई सम्मान गरिएको छ ।

वर्ष सन् २०२३/२०२४ का अध्यक्ष नरेन्द्र प्रसाद श्रेष्ठको कार्ययोजना अन्तर्गत अक्षयकोष स्थापना गरिएको छ । उक्त अक्षयकोषको संयोजक क्लबका पूर्व अध्यक्ष प्रकाश कुमार श्रेष्ठ रहेका छन् भने सहसंयोजकमा पूर्व अध्यक्षहरु उपेन्द्रमान श्रेष्ठ र राजेन्द्र श्रेष्ठ रहेका छन् ।

क्लबका अध्यक्ष नरेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा डिष्ट्रिक कोचिफ एडभाइजर द्धारिका प्रसाद श्रेष्ठको धन्यवाद ज्ञापनमा सचिव लक्ष्मण न्यौपानेले कार्यक्रमको सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ७ : ०० बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न