१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

माओवादी सांसद देवेन्द्र पौडेलको प्रश्न- भ्रष्टाचार छानबिन गर्दा किन अवरोध ?



काठमाडौं । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारले भ्रष्टाचारीमाथि छानबिन गर्दा किन विरोध र अवरोध गर्न खोजिएको हो भनी प्रश्न उठाएका छन् ।

‘सरकारलाई म बधाई दिन चाहन्छु । तर, यहाँ दिउँसै रात पार्न खोजिएको थियो,’ उनले भने, ‘भ्रष्टाचारको छानबिन सुरु गर्दा माननियहरुलाई टाउको नदुखोस् । व्यक्तिको अनुहार हैन उसको गल्ती हेरेर भ्रष्टाचार छानबिनलाई अगाडि बढाउनुपर्छ ।’

उनले भ्रष्टाचारमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन, सम्पत्ति शुद्धीकरणमा अन्तर्राष्ट्रिय प्रश्नहरु पटक-पटक आइरहेको भन्दै उनले सरकारले अहिले केही भ्रष्टाचारमा छानबिन गर्दा किन संसद् अवरोध गरिएको हो भन्दै प्रश्न गरे ।

एमालेले सुन प्रकरणमा सुरुमै अवरोध गर्दै प्रश्न उठाएपछि समय लिएर बोल्दै पौडेलले भने ‘हामी अवरोध, विरोध गरेर अनुसन्धान रोक्न खोज्दैछौं कि के गर्दै छौं ?’

दोषीलाई कारबाही गर्दा सांसदहरु खुशी हुनुपर्ने भन्दै उनले यस्ता घटनामा अझ अगाडि बढेर काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ४ : ०३ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा