२१ माघ २०८२, बुधबार | February 4, 2026

मणिमुकुन्द कलेजका नयाँ विद्यार्थीलाई स्वागत, गायक प्रमोद खरेलले झुमाए



बुटवल । बुटवल योगिकुटीस्थित मणिमुकुन्द कलेजमा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीलाई बिहीबार स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट मणिग्राममा कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत गरिएको हो ।

विज्ञान र व्यवस्थापन विषयमा पढाई हुने मणिमुकुन्द कलेजमा कक्षा ११ मा विज्ञानमा २ सय ५० जना र व्यवस्थापनमा करिब ३ सयजना विद्यार्थी भर्ना भएका कलेजका सञ्चालक उमापति न्यौपानेले जानकारी दिए ।

नयां विद्यार्थीहरुलाई कलेजको पठनपाठन लगायतका समग्र विष्यमा अभिमुखिकरणसहितआयोजना गरिएको कार्यक्रममा कलेजका प्राचार्य टुकबहादुर क्षेत्रीले अनुशासन र लगनशीलता मणिमुकुन्दका विद्यार्थीको पहिचानको रूपमा हुनुपर्ने बताए । कलेज भौतिक पुर्वाधार, विज्ञान प्रयोगशाला, दक्ष शिक्षक प्राध्यापक आदि सबै क्षेत्रबाट अब्बल रहेको बताउदै नयाँ विद्यार्थीको दुई वर्ष सुखद हुने विश्वास व्यक्त गरे ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीले विद्यार्थीले विदेश ताक्ने भन्दा पनि देशमै केही गरेर देखाउनुपर्ने बताए । उनले विदनेश होइन स्वदेशमै हरेक सम्भावना खोजी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विद्यालयमा सहप्राचार्य दिवाकर खनालले कलेज विद्यार्थीको चाहना र रुचि अनुसार पठन पाठन गराउदै आएको बताए । कलेजका संयोजक पशुपति चौधरीले कलेजका संयोजक पशुपति चौधरीले कक्षा ११ मा भर्ना हुंदा एसईईमा उत्कृष्ट अंक ल्याएका विद्यार्थीसंगै आर्थिकरुपले विपन्न, जेहेन्दार, द्वन्द्वपीडित, फरक क्षमता भएकाहरुलाई शुल्कमा विशेष छुटका साथै जुनसुकै शिक्षक-प्राध्यापकका छोराछोरीलाई शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था रहेको जानकारी दिंदै मणिमुकुन्दले हरेक वर्षको कक्षा ११ र १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउदै आएको बताए ।

कार्यक्रममा गायक प्रमोद खरेलको विभिन्न गीत प्रस्तुतीमा विद्यार्थीहरु झुमेका थिए । साथै विद्यार्थीहरुले पनि विभिन्न गीत र नृत्य प्रस्तुत गरेर भरपूर मनोरन्जन दिलाएका थिए । कार्यक्रममा कक्षा १२ का राहुलदेव जैसवाल, निशान हमाल, मनोज झेडी मगर र सिमोना सापकोटाले पनि उद्घोषण र नेतृत्व क्षमता प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ६ : ०८ बजे

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज

एमाले उपाध्यक्ष पौडेलद्वारा राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे लिए जानकारी

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग बजेट माग

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले राष्ट्रिय स्वास्थ्य