९ बैशाख २०८३, बुधबार | April 22, 2026

बंगलादेशकाे राजधानी ढाकामा चारवटा बिस्फाेट



ढाका । बंगलादेशमा भयानक विस्फोट भएको छ । राजधानी ढाकाको अमीनाबजार र सावरमा चारवटा विष्फोट भएका हुन ।

साथै ढाका प्रहरीले छ स्थानमा बमहरू बरामद गरेको थियो, जसलाई सेनाको टोलीले निष्क्रिय पारेको थियो । ढाका सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो करिब २ बजे अमिना बजारमा रहेको फिलिंग स्टेसनको अगाडि विष्फोट भएको थियो, जसले घटनास्थलमा हलचल मच्चाएको थियो । खबर पाए लगत्तै प्रहरी टोली पनि घटनास्थलमा पुगेको थियो ।

अधिकारीहरूले घटनास्थलमा ६ वटा घरेलु बम भएको कागजको झोला फेला पारेका छन् । घटनास्थलमा उपस्थित सैफुल इस्लामले दिउँसो पेट्रोल पम्प अगाडि रहेको तीनतले भवन नजिकै एउटा भ्यान आएको बताए । भ्यान यहाँ एक सेकेण्ड पनि रोकिएन र गुडिरहेको गाडीबाट झोला सडकमा फालेर हिडयो । त्यसको केही समय पछि विस्फोट भएको थियो ।

ढाका मिडियाका अनुसार पेट्रोल स्टेशनका प्रबन्धक नुरुल अमिनले विस्फोटको समयमा त्यहाँ कोही नभएको बताए । जसका कारण ठूला दुर्घटना भने हुन नसकेको बताए । अधिकारीहरूले बमहरूलाई निशस्त्र पार्न पानीको बाल्टिनमा राखे ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : ३८ बजे

पार्टीमा युवालाई आकर्षित गर्न जरुरी छ : सभापति थापा

मोरङ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा युवालाई आकर्षित

साठी क्विन्टल मकैसहित चालक पक्राउ

भैरहवा । रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित

महान्यायाधिवक्ता डा कँडेलविरुद्ध तीन रिट

काठमाडौँ । सर्वोच्च अदालतका महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा

सम्पत्ति छानबिन आयोगले सुरु गर्यो काम

काठमाडौँ । मुलुकमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका