३१ असार २०८३, बुधबार | July 15, 2026

गुणस्तर उत्पादन नगर्ने दुई उद्योग कारबाहीमा



काठमाडौ‌ं । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारबाही गरेको छ ।

विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने गोयन्का सिमेन्ट प्रालि रुपन्देही र कमला रोलिङ्ग मिल्स स्टिल प्रालि मोरङलाई शुक्रबार कारबाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगको गुणस्तर विभागको प्रयोगशालामा परीक्षण गराउँदा उक्त दुई उद्योगले नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले कारबाही गरिएको जानकारी दिए । गोयन्का पीएससी सिमेन्टको सात दिनको कम्प्रियसिभ स्टे«न्थको मान २२ एमपीए हुनुपर्नेमा १८ एमपीए भएकाले कारबाही गरेको हो ।

यस्तै कमला स्टिल्सको सङ्कलित नमूनाको सल्फर र फस्फोरसको मान ०.११९ प्रतिशत हुनुपर्नेमा ०.१०५ प्रतिशत भएकाले कारबाही गरिएको विभागले जनाएको छ । विभागले दुवै उद्योगलाई नेपाल गुणस्तर (प्रमाण–चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम (१६) अनुसार इजाजतपत्र स्थगन गरेको हो । रासस

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ५ : ५९ बजे

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवर्द्धनका निम्ति द्रुत

बुटवलमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, ६ लाखभन्दा बढी नक्कली नोट बरामद

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-६ नेपालगञ्जरोडस्थित एक पसलबाट नक्कली नेपाली

एक खर्ब निक्षेप सङ्कलन गर्न राष्ट्र बैंकको बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप

उचित मूल्य र बजार नपाएको भन्दै माईतीघरमा गोलभेँडा फालेर किसानको प्रदर्शन

काठमाडौं । स्वदेशी कृषि उत्पादनले उचित मूल्य र बजार नपाएको

ग्यासमा हुने कालोबजारी र पुराना सिलिन्डर नियन्त्रण गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित