१६ भदौ २०८३, मंगलबार | September 1, 2026

भेरी अस्पताल नेपालगन्जको प्रमुखमा डा. पवन जंग रायमाझी



नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा सरकारले नयाँ प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पठाएको छ । साउन १७ गतेको मन्त्रीपरिषद बैठकले भेरी अस्पतालका लागि नयाँ मेसु पठाएको हो ।

भेरी अस्पतालको मेसुमा कार्यरत डा बद्री चापागाईलाई हटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत डा. पवन जंग रायमाझीलाई नयाँ मेसुकारुपमा पठाइएको छ । उनी यसअघि परोकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालका निर्देशकको जिम्मेवारी पुरा गरि स्वास्थ्य तथा जनसंख्या मनत्रालयमा तानिएका थिए । एघारौं तहका डा. रायमाझी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।

डा. चापागाईंले भेरी अस्पतालमा अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरि अहिले सम्म मेसुको जिम्मेवारीमा रहेका थिए । डा. चापागाईले जाँदाजाँदै मेसुकारुपमा काम गर्दा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नयाँ आएका मेसुलाई बधाई र सफल कार्यकालको शुभकामना दिएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहिबार  ११ : १८ बजे

दक्षिण कोरियाली उद्धार टोली धुञ्चेमा, आजदेखि खोज तथा उद्धार सुरु

रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, महाविपद्बारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (१७ भदौ) दिउँसो १ बजे

रसुवा क्षेत्रका बाढी प्रभावित परिवारलाई के एल दुगड ग्रुपद्वारा खाद्य सामाग्री सहयोग

काठमाडौं । रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को शिक्षाध्यक्ष (रेक्टर)मा प्राडा अञ्जना सिंह

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।