१५ श्रावण २०८३, शुक्रबार | August 1, 2026

एक क्वीन्टल सुन तस्करीको छानबिन अब सीआईबीले गर्ने



काठमाडौं । सरकारले एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्विन्टल सुन तस्करीको अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका हुन्। यस प्रकरणमा हालसम्म राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेकोछ । तर, सुन तस्करी प्रकरण संगठित अपराध र अन्तर्देशीय अपराध समेत भएकोले त्यसको जरैसम्म पुग्ने गरी परिपक्क अनुसन्धान गर्न प्रधानमन्त्रीले प्रहरीलाई निर्देशन दिएका हुन् ।
बिहीबार अपरान्ह गृहमन्त्री, प्रहरी प्रमुख र सीआईबी प्रमुखसहितले भेट गरेपछि प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन् । अब, आइतबारदेखि नै सीआईबीले सुनकाण्डको अनुसन्धानलाई अघि बढाउने तयारी गरेको छ । प्रधानमन्त्रीले यस प्रकरणमा जो सुकै पार्टीको नेता परेपछि नछोडन् समेत निर्देशन दिएका छन् ।

हालसम्म यस प्रकरणमा भन्सारका अधिकृतसहित तीन कर्मचारी, चिनियाँ, बेल्जियन र भारतीय गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् । तर, तस्करको मुख्य नाइकेसम्म भने पुग्न सकेको छैन ।

 

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  १२ : ३३ बजे

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित