५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

इथियोपियामा सुरक्षा बल र मिलिशिया लडाकुबीच हिंसात्मक झडप, लगाईयो संकटकाल



इथियोपिया । इथियोपिया को अम्हारा प्रान्तमा संघीय सुरक्षा बल र स्थानीय मिलिशिया लडाकुहरूबीचको हिंसात्मक झडप जारी छ, जसले स्थिति तनावपूर्ण बनाएको छ ।

हालको बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै इथियोपियाको संघीय सरकारले अम्हारा क्षेत्रमा शुक्रबार संकटकाल घोषणा गरेको छ । सरकारको यो निर्णयअघि देशका उपप्रधानमन्त्री डेमेके मेकोनले  ‘तनाब स्थितिले झन् गम्भीर रूप लिइरहेको’ बताएका थिए ।

स्थानीय नेताले नियमित कानून प्रवर्तनले हिंसा रोक्न सक्षम नभएको बताए पछि प्रधानमन्त्रीको कार्यालयले शुक्रबार भएको संकटकाल लगाउने निर्णयको घोषणा गरेको हो । तर, प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा अम्हारामा मात्र लागू हुने कि देशभर लागू हुने भन्नेबारे भने केही बताइएको छैन । सरकारले गरेको विज्ञप्तिमा यो गतिविधिबाट राष्ट्रिय सुरक्षा र सार्वजनिक शान्तिमा खतरा दिनप्रतिदिन बढ्दै गएको भने उल्लेख गरिएको छ ।

स्मरण रहोस, यस हप्ताको सुरुमा इथियोपियाको दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको प्रान्तमा फानो मिलिशिया र इथियोपियन नेशनल डिफेन्स फोर्स बीचको हिंसात्मक झडप तीव्र भयो, जसले संकटको स्थिति निम्त्याएको थियो । मिडिया रिपोर्टका अनुसार हालै सरकारले ‘फानो’ भनेर चिनिने मिलिशियालाई हतियार राख्न बाध्य पार्ने प्रयास गरे लगत्तै तनाव बढेको थियो ।

संकटकाल घोषणा हुनुअघि उप प्रधानमन्त्रीले बुधबार शान्तिपूर्ण समाधानका लागि वार्ता गर्न आह्वान गरेका थिए । तर, उनको आह्वानको खासै प्रभाव देखिएको छैन । त्यसपछि सरकारले यस्तो निर्णय लिनुपरेको हो ।

मिडिया रिपोर्टहरूका अनुसार बिहीबार मिलिशियाका सदस्यहरूले सेनाको एकाइहरूमा भयंकर आक्रमण गरेका छन् । यससँगै आन्दोलनकारीले धेरै मुख्य सडक अवरुद्ध गरेका छन् । जसका कारण विगत केही घण्टादेखि यातायात अवरुद्ध भएको छ । अहिले तनावलाई मध्यनजर गर्दै दुई लोकप्रिय पर्यटकीय सहर लालिबेला र गोन्डरको उडान स्थगित गरिएको छ । हिंसा रोक्न प्रदेशमा इन्टरनेट बन्द गरिएको छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ७ : ४४ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन