४ पुस २०८२, शुक्रबार | December 20, 2025

भारतको श्रावस्तीमा जीप दुर्घटना हुँदा नेपालगन्जका २ परिवारका ६ जनाको मृत्यु



नेपालगन्ज । भारतको श्रावस्तीमा भएको बलेरो दुर्घटनामा नेपालगन्जका एकै परिवारका ४ सहित ६ जनाको मृत्यु भएको छ। शनिबार साँझ ६ः३० बजे भएको दुर्घटनामा नेपालगन्ज त्रिभुवन चोकका बैभव गुप्ता, उनकी पत्नी दिपिका गुप्ता, ५ बर्षकि छोरी बैभवी गुप्ता र ९ महिनाकी छोरी श्रेया गुप्ताको मृत्यु भएको हो  ।

यसैगरी निलान्स गुप्ता र उनकी बहिनी नीति गुप्ताको सोही दुर्घटनामा मृत्यु भएको छ । भारत बहराइच जिल्लाको श्रावस्ती स्थित एकाउन्न भन्ने स्थानमा शनिबार राती उनीहरु सवार बलेरो जीप रुखमा ठोक्कीएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । दुर्घटनामा निधन हुने ६ जना नै आफन्त नातेदार हुन् । अजय नाम भएको बलेरो चालक गम्भीर घाइते भएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार श्रावस्तीको गौतम बुद्ध सर्कित अन्तरर्गतको सडकमा गाईवस्तुलाई जोगाउन खोज्दा बलेरो अनियन्त्रित भई रुखमा ठोक्कीएको थियो । स्थानीय इकोना प्रहरीले गाडीको ढोका काटेर दुर्घटनामा परेका सबैलाई बाहिर निकालेर स्थानीय सीएचसीमा लगेको थियो । त्यहाँ चिकित्सकले निलांस, नीति, महिला र दुई बालबालिकालाई मृत घोषणा गरेको थियो । गम्भीर अवस्थामा रहेका वैभवलाई मेडिकल कलेज बहराइचमा रिफर गरिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। चालक अजयको इकोनामा उपचार भइरहेको छ ।

दुइ परिवारका ६ जनाको निधन भएपछि नेपालगन्ज् बजार शोकमा परेको छ । बैभव भारत बलरामपुर माइतीमा रहेकी पत्निलाई साथ लिएर फर्किने क्रममा गाडी दुर्घटनामा परेको हो ।

 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको