१ आश्विन २०८३, बिहिबार | September 18, 2026

तिलोत्तमा नगरपालिकामा लम्पी स्कीन विरुद्ध निःशुल्क खोप अभियान सुरु



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पशुमा लाग्ने रोग लम्पी स्किन विरुद्धको खोप अभियान आइतबारदेखि सुरु गरेको छ । तिलोत्तमा-२ तपाह लाइनमा रहेकी कृषक इश्वरी भण्डारीको गोठमा रहेको गाईलाई खोप लगाएर अभियानको शुभारम्भ गरेको हो ।

सो अवसरमा बोल्दै तिलोत्तमा नगरका मेयर रामकृष्ण खाँणले पशुमा लाग्ने रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानले कृषकलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरे । क्षति न्युनिकरणका लागि रोग लागेका तथा रोग लाग्नु अघि नै नगरभित्र रहेका सबै पशुहरुलाई खोप सञ्चालन गरिएको बताउँदै उनले लम्पी स्किन जस्तै अन्य महामारीले निम्तिन सक्ने समस्याका लागि तयारी अवस्थामा रहनु पर्ने उल्लेख गरे ।

यसैगरी उप प्रमुख जगेश्वरदेवी चौधरीले रोग तथा महामारीबाट हुने क्षति न्यनिकरणका लागि नगरका कृषकहरुलाई अनिवार्य पशु विमा कार्यक्रममा सहभागी हुन आग्रह गरिन् । राज्यले उपलब्ध गराउने सेवाबाट कोही पनि बन्चित नहुनेगरी कृषकहरुलाई विमा कार्यक्रममा सहभागी हुन र आफ्ना पशुहरुलाई आवश्यक खोपका लागि नगरपालिकासँग समन्वय गर्न आग्रह गरिन् ।

नगरपालिकाको पशु शाखाकी डा. उषा देवकोटाका अनुसार विशेष गरी गाई/गोरुमा लम्पी स्किनको संक्रमण बढी देखिएको छ । तिलोत्तमामा रहेका १० देखि १२ प्रतिशत गाईलाई लम्पी स्किनको संक्रमण रहेको छ । नगरमा करिब ५ हजार २ सय गाई/गोरु रहेका छन् । हालसम्म ८० देखि ९० गाई/गोरु लम्पी स्किनका कारण मृत्यु भएको देवकोटाले जानकारी दिइन् ।

पहिलो चरणमा कृषकका गोठमा रहेका गाई/गोरुलाई खोप लगाइने छ भने नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि सञ्चालन गरेको गौशालामा समेत खोप अभियान सञ्चालन गरिने छ । तिलोत्तमा नगरपालिकाले नीति कार्यक्रममै पशु चौपायमा विभिन्न खोप सञ्चालन गर्ने भनि २० लाख रकम विनियोजन गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १ : २३ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा