१ पुस २०८२, मंगलबार | December 16, 2025

तिलोत्तमा नगरपालिकामा लम्पी स्कीन विरुद्ध निःशुल्क खोप अभियान सुरु



बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पशुमा लाग्ने रोग लम्पी स्किन विरुद्धको खोप अभियान आइतबारदेखि सुरु गरेको छ । तिलोत्तमा-२ तपाह लाइनमा रहेकी कृषक इश्वरी भण्डारीको गोठमा रहेको गाईलाई खोप लगाएर अभियानको शुभारम्भ गरेको हो ।

सो अवसरमा बोल्दै तिलोत्तमा नगरका मेयर रामकृष्ण खाँणले पशुमा लाग्ने रोग नियन्त्रणका लागि सञ्चालन गरिएको खोप अभियानले कृषकलाई ठूलो राहत मिल्ने विश्वास व्यक्त गरे । क्षति न्युनिकरणका लागि रोग लागेका तथा रोग लाग्नु अघि नै नगरभित्र रहेका सबै पशुहरुलाई खोप सञ्चालन गरिएको बताउँदै उनले लम्पी स्किन जस्तै अन्य महामारीले निम्तिन सक्ने समस्याका लागि तयारी अवस्थामा रहनु पर्ने उल्लेख गरे ।

यसैगरी उप प्रमुख जगेश्वरदेवी चौधरीले रोग तथा महामारीबाट हुने क्षति न्यनिकरणका लागि नगरका कृषकहरुलाई अनिवार्य पशु विमा कार्यक्रममा सहभागी हुन आग्रह गरिन् । राज्यले उपलब्ध गराउने सेवाबाट कोही पनि बन्चित नहुनेगरी कृषकहरुलाई विमा कार्यक्रममा सहभागी हुन र आफ्ना पशुहरुलाई आवश्यक खोपका लागि नगरपालिकासँग समन्वय गर्न आग्रह गरिन् ।

नगरपालिकाको पशु शाखाकी डा. उषा देवकोटाका अनुसार विशेष गरी गाई/गोरुमा लम्पी स्किनको संक्रमण बढी देखिएको छ । तिलोत्तमामा रहेका १० देखि १२ प्रतिशत गाईलाई लम्पी स्किनको संक्रमण रहेको छ । नगरमा करिब ५ हजार २ सय गाई/गोरु रहेका छन् । हालसम्म ८० देखि ९० गाई/गोरु लम्पी स्किनका कारण मृत्यु भएको देवकोटाले जानकारी दिइन् ।

पहिलो चरणमा कृषकका गोठमा रहेका गाई/गोरुलाई खोप लगाइने छ भने नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि सञ्चालन गरेको गौशालामा समेत खोप अभियान सञ्चालन गरिने छ । तिलोत्तमा नगरपालिकाले नीति कार्यक्रममै पशु चौपायमा विभिन्न खोप सञ्चालन गर्ने भनि २० लाख रकम विनियोजन गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १ : २३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज