८ चैत्र २०८२, आइतबार | March 22, 2026

सीआईबीद्वारा सुन तस्करी प्रकरणको अनुसन्धान सुरु, एसपी सञ्जयसिंह थापा तोकिए अनुसन्धान अधिकृत



काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ ।

प्रहरी उपरीक्षक एसपी सञ्जयसिंह थापा सुन अनुसन्धानको मुख्य अधिकृत तोकिएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन प्रकरणमाथि राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनमा यो अनुसन्धान सीआईबीको पोल्टामा आएको हो ।

गत साउन २ गते राजस्व अनुसन्धान विभागले सिनामंगलबाट सुन बरामद गरेको थियो । विभागले हालसम्म १८ जनालाई पक्राउ गरेको छ । अब विभागले तयार पारेको सबै फाइल र आरोपित १८ जना प्रहरीलाई बुझाइएको छ ।

हङकङबाट क्याथे प्यासिफिक एयरवेजबाट ‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको ठूलो परिमाणको सुन गत साउन २ गते बरामद भएको थियो। भन्सार जाँच पास भएर छुटेको करिब १०० किलो सुन राजश्व विभागले बरामद गरेको थियो।

यो प्रकरणमा विभागले १८ जनालाई पक्राउ गरेको थियो। जसमध्ये एक जनालाई हाजिर जमानीमा छाडेको थियो।

 

 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ४ : ०६ बजे

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय

ठमेलभित्रका सम्पदालाई समेटिएको पुस्तक ‘ठमेलका सम्पदाहरु’ विमोचन

काठमाडौँ । सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रका

सिंहदरबार सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा बैठक

काठमाडौं । सिंहदरबार सुरक्षा प्रवन्धका लागि गृहमन्त्री ओमप्रकाश अर्यालको अध्ययक्षता

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा