१ पुस २०८२, मंगलबार | December 16, 2025

इरानमा हिजाब नलगाउने महिलालाई शव सफा गर्न लगाईयो



तेहरान । इरान सरकारले कडा हिजाब कानून उल्लंघन गर्ने महिलालाई मनोचिकित्सकसँग उपचार गरिरहेको छ । यससँगै कानुन उल्लंघन गर्ने महिलालाई शव सरसफाइमा काम लगाएर कारबाही गरिरहेको छ ।

न्युज वेबसाइट फ्रान्स २४ को रिपोर्ट अनुसार हिजाब नलगाउने महिलाहरुमाथि सरकारले पहिले भन्दा धेरै कडाई गरिरहेको छ ताकि हिजाब कानूनको उल्लङ्घन गर्ने महिलाहरूलाई नियन्त्रण गर्न सकियोस् ।

हालै इरानी अभिनेत्री अफसाने बेगनलाई हिजाब नलगाएको भन्दै दुई वर्षको जेल सजाय सुनाइएको छ । यस्तो अवस्थामा उनलाई हरेक हप्ता मनोचिकित्सकसँग परामर्शका लागि जान निर्देशन दिइएको छ । रिपोर्टका अनुसार हालै तेहरानको एक अदालतले एक महिलालाई शव सफा गर्न एक महिनाको लागि सजाय सुनाएको छ ।

समाचारमा दावी गरिएको छ कि महिलाले कडा हिजाब कानूनको उल्लङ्घन गरेका थिए, ती महिलाले टाउकोमा हिजाब नलगाई गाडी चलाएको आरोपमा पक्राउ गरिएको थियो ।

इरानका राजनीतिशास्त्रका प्राध्यापक अजादेह कियानले बायगनलाई दिइएको सजाय एउटा उदाहरण भएको बताए । सरकारले महिलामा कानुनको डर पैदा गर्न खोजेको छ । यस्तो अवस्थामा सरकारले महिलालाई कपाल छोप्न बाध्य पार्ने नयाँ उपाय खोजिरहेको छ ।

महिलासम्बन्धी मुद्दामा न्यायाधीशको निर्णय प्रति धेरै सामाजिक संघ संस्थाले आश्चर्य व्यक्त गरेका छन् । इरानका चार मानसिक स्वास्थ्य संस्थाका अध्यक्ष घोलाम होसेन मोहसेनी ईजेईले देशको न्यायपालिका प्रमुखलाई लेखेको पत्रमा आफ्नो चिन्ता व्यक्त गरेका छन् । उनले  ‘मानसिक स्वास्थ्य विकारको निदान गर्ने जिम्मेवारी मनोचिकित्सकको हो, न्यायाधीशको होइन’ भनेका छन् ।

समाचारमा यो पनि दावी गरिएको छ कि अधिकारीहरूले कडा हिजाब कानूनको उल्लंघन गर्ने महिलाहरूलाई भारी जरिवाना तिराई रहेका छन् । महिला हिजाब नलगाई सवारी चलाएको देखिए उनीहरुको सवारीसाधन जफत गर्नेसमेत गरेको छ । महिलालाई जागिरबाट हटाउन दबाब सिर्जना भइरहेको छ ।

फ्रान्स २४ को रिपोर्ट अनुसार हिजाब नलगाउने महिलाले अस्पतालमा उपचार गराउन समेत नसक्ने गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ८ : ०९ बजे

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच

कांग्रेसद्वारा प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका