११ माघ २०८२, आइतबार | January 25, 2026

सुजुकीको नयाँ संस्करण जिम्नी र फ्रोन्स भैरहवामा लन्च, टेस्ट ड्राइभ खुला



बुटवल । नेपालमा लामो समयदेखि प्रतिक्षित सुजुकी एसयूभीको नयाँ संस्करण जिम्नी र फोन्स सोमबार भैरहवामा सार्वजनिक गरिएको छ । भैरहवाको लागि आधिकारिक डिलर पाठक मोटर्स ग्रुप प्रा.लि. ले यस क्षेत्रका लागि सुजुकीको नयाँ संस्करण बजारमा ल्याएको हो ।

नयाँ संस्करणलाई सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद खाँ, सिजी होल्डीङका डिलर ईन्चार्ज विशाल दाहाल र पाठक ग्रुपका प्रवन्ध निर्देशक अभिशेख पाठकले संयुक्त सार्वजनिक रुपमा गरे ।

नेपालका लागि सुजुकी ब्राण्ड चारपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटरक्याप तथा सिजी एनएक्सटिजिइएनले एसयूभीहरु २९ गतेदेखि नै बुकिङ खुल्ला गरेको थियो । कम्पनीले आक्रामक मूल्य रणनीति अपनाई मूल्य निर्धारण गरेको कम्पनीले जनाएको छ । नयाँ उत्पादन बारे जानकारी दिँदै सिजीका जिम्नीको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रहेको छ भने फ्रोन्क्सको सुरुवाती मूल्य ३९ लाख ९९ हजार रहेको पाठक ग्रुपका निर्देशक अभिशेख पाठकले जानकारी दिए । सुजुकी जिम्नी नेपाल र अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा प्रतिक्षित कारमध्ये एक रहेको उनले दाबी गरे । यो मोडेलको माग विश्वभर नै निकै रुचाइएको उनले बताए ।

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जो हेभी- ड्युटील्याडर फ्रेम चेसिसमा निर्मित रहेको र यसमा पर्याप्त बडीएङ्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको पाठक ग्रुपकी म्यानेजर सर्जुना थैवले जानकारी दिइन । यो एसयूभी एक समर्पित उन्नत फोर डब्ल्यूडी प्रणाली, अल ग्रिप प्रोसँग आउंदछ भने ब्रेक लिमिटेड स्लिपडिफरेशियन र थ्री लिङ्क राइडिङ एक्सेल सस्पेन्सन जस्ताअफ-रोड सुविधाहरू समावेश गरिएको उनले बताइन । अफ-रोडबाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित जिम्नीले २२ दशमलव ६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटीकन्ट्रोल अटो टेम्परेचर कन्ट्रोल, हिनडिसेन्टकन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरेको कम्पनीले बताएको छ ।

नयाँ सुजुकी फ्रोन्स नयाँ जेनेरेसनको स्टाइल प्रिमियम सेभेन मिश्रीत एसयूभी हो । “द फेस अफ न्यु एसयूभी भनिएको सुजुकी फ्रोन्क्स निकै आकर्षक र स्पोर्टी देखिनुका साथै यसमा रहेको अत्याधुनिक प्रविधिहरुले आरामदाई र सुरक्षित अनुभूति प्रदान गर्ने कम्पनीको दाबी छ । प्रिमियम डिजाइन, नयाँ युगको फिचर्स, अत्याधुनिक सुरक्षित सुविधाहरुले सुसज्जित क्रोत्यसले आधुनिक नेपाली ग्राहकहरुका लागि सम्पूर्ण ‘माग आपूर्ति गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : २६ बजे

विवादास्पद व्यापारीको करोडौँको गाडी प्रकरणमा बालेन शाह मौन, पत्रकारको प्रश्न टार्दै हिँडे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेस-एमालेका उम्मेदवार विजयी

बुटवल । लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस

कोसी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका थापा तथा एमालेका पोर्तेल र मेचे विजयी

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कोसी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलबहादुर

सामाजिक सञ्जालमा भ्रम फैलाउनेविरुद्ध कारबाही गर्न आदेश कुर्नु पर्दैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले ‘सामाजिक सञ्जालबाट भ्रम फैलाउनेविरुद्ध कारबाही

रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी