१३ माघ २०८२, मंगलबार | January 27, 2026

रोल्पा बस दुर्घटनामा ज्यान गुमाउने चार जनाको सनाखत



रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ रिचीमा आज मङ्गलवार भएको बस दुर्घटनामा चार जनाको निधन भएको छ। दुर्घटनामा ११ महिनाको शिशुसहित १५ जना घाइते भएका छन्।

रोल्पाको बाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटना हुँदा माडी गाउँपालिका–४ का ५० वर्षका गोरख डाँगी, उनकी श्रीमती ४६ वर्षीया हस्ता डाँगी, माडी–२ का २२ वर्षका प्रकाश बाँठा र परिवर्तन गाउँपालिका–३ का ४५ वर्षका भक्तबहादुर विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए।

शवलाई पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा लगिएको छ भने घाइतेहरूको दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। घाइते हुनेहरूमा धेरैजसो रोल्पाको माडी गाउँपालिकाका रहेका छन्।

यस्तै सामान्य घाइतेसमेत रहेका दाङको घोराही उपमहानगरपालिका–१२ का २४ वर्षीय चालक हुमराज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनामा चालकको लापर्बाही देखिएकाले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए। बस तीव्र गतिका कारण अनियन्त्रित भई घुम्ती सडकबाट तल खसेको थियो।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ९ : ०८ बजे

अख्तियारद्वारा भरतपुरका तत्कालीन वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ

संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका

स्वास्थ्य बीमाको जिम्मेवार प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको सार्वजनिक अपिल

काठमाडौँ । सरकारले सञ्चालन गर्दै आएको सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको महत्त्वपूर्ण

घृणाजन्य अभिव्यक्ति बन्द गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले शान्ति सुरक्षामा असर पर्ने घृणाजन्य