३ असार २०८३, बुधबार | June 17, 2026

नेविसंघका असन्तुष्ट समुहले आज देउवा निवास घेर्ने



काठमाडौं । नेपाल विद्यार्थी संघको असन्तुष्ट नेताहरूले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास घेराऊ गर्ने भएका छन् ।

नेविसंघको हालै मनोनित केन्द्रीय सदस्यहरुमा सक्रिय कार्यकर्ता नपरेपछि असन्तुष्ट समुहले हिजो सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय घेराउ तथा नाराबाजी गरेका थिए । तर, उनीहरुलाई सानेपास्थित केन्द्रीय कार्यालय जान नदिएपछि आज पार्टी सभापति देउवाको निवास घेराऊ गर्न लागेका हुन ।

नेविसंघका असन्तुष्ट समुहका विद्यार्थी नेता योगेन्द्र रावलले हिजो भने, ‘पार्टी कार्यालयमा प्रवेश नै गर्न नदिए पछि त अब कुनै न कुनै नेताको घरमा गएर कमिटि बनाउनुपर्ने हुन्छ, आज (बिहिबार) शेरबहादुर दाइको घर घेर्न जान्छौं ।’ उनका अनुसार धुम्बाराहीस्थित देउवा निवासमा असन्तुष्ट विद्यार्थी नेताहरुले आज घर घेराऊ गरी नेबिसंघ केन्द्रिय समिति सदस्य मनोनयनमा पुर्नविचार गर्न दबाब दिइनेछ ।

असन्तुष्ट समुहको नेतृत्वको गर्ने बिद्यार्थी नेता प्राध्यापक प्रेम चलाउने माथी हातपात गर्ने नेता हुन् ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको सिफारिसमा सभापति देउवाले ७ सय १० जनालाई केन्द्रिय समितिमा मनोनयन गरेका हुन् । उनले गरेको सो मनोयननमा स्वयं रावल पनि अटाएका छैनन् ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ७ : ०२ बजे

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

गण्डकी । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण

चिया निर्यात समस्या समाधान गर्न सरकारसँग कांग्रेस सचेतक राईको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले भारततर्फ नेपाली

विपक्षी दलले उठाए सभामुख अर्यालमाथि प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन

नेपाल टेलिभिजनको समान खरिद प्रकरण : चार सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था