५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

दैलेखबाट ललाइफकाइ नेपालगन्ज लगेर नाबालिका बलात्कार गर्ने एक पक्राउ



नेपालगन्ज । दैलेखबाट ललाइफकाइ नेपालगन्ज लगेर १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नाबालिका बलात्कारको आरोपमा पक्राउ पर्नेमा दैलेखको दुल्लु नगरपालिका ६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावल रहेका छन् ।

पीडितको उजुरीको आधारमा उनलाई मंगलवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नाबालिका गत बिहिबार रावलसँगै दैलेखबाट नेपालगन्ज घुम्न भन्दै आएकी र रावलले छाडेर सम्पर्क बिहिन भएपछि नाबालिकाका परिवारले जबर्जस्ती करणी अभियोगमा उजुरी दिएका थिए ।

किशोरीका आफन्तले किशोरीलाई गत बिहीवार नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई बाँके पुर्‍याएको र नेपालगञ्ज उपमहानगरपालिका १ पुष्पलाल चोकस्थित एक होटलमा लगेर बलात्कार गरेको किटानी उजुरी परेपछि रावललाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

पक्राउ परेका रावल माथि नाबालिका बलात्कार अभियोगमा मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १० : ०५ बजे

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन

६१ वर्षीय वृद्धबाट १२ वर्षीया बालिका बलात्कृत

कञ्चनपुर । कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

बेनीका विद्यार्थीलाई पढाइसँगै सीप

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीहरुलाई पढाइसँगै सीप सिकाउन ‘हामी

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गर्ने