४ पुस २०८२, शुक्रबार | December 20, 2025

लागुऔषधसहित आठजना पक्राउ



काठमाडौं। कैलाली, बर्दिया र तनहुँबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका-१४ खुटियाघाटबाट अवैध लागुऔषध चरेश ४ किलो ३० ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्युठान लुङ गाउँपालिका-७ बस्ने ४२ वर्षीया मिना बुढाथोकी र रुकुम ९पश्चिम० बासिकोट गाउँपालिका-७ बस्ने ३९ वर्षीय भिमसेन खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलालीकै गोदावरी नगरपालिका(४ बुढीतोलाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ५३ हजार रूपैयाँसहित डोटी जोरायल गाउँपालिका-२ बस्ने २८ वर्षीय मिन बहादुर मालीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका-७ बस्ने २८ वर्षीय अरूण चौधरी समेत चारजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान साइकल प्रहरीले बरामद गरेको छ ।

तनहुँ, ब्यास नगरपालिका-४ भोर्लेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १ केजी ९ सय ग्रामसहित सोही नगरपालिका-१० बोक्सीगैरा बस्ने १९ वर्षीय चन्द्र बहादुर विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  २ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको