१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

बुटवलमा नेपालभाषाको (नेवारी) चलचित्र ‘गालय वन’ को च्यारिटी शो गरिँदै



बुटवल । नेपालभाषाको चलचित्र विकास र प्रचार गर्ने तथा बुटवलको नेवाः घर परिषरमा सामाजिक संस्कार भवन निर्माणको सहयोगार्थ बुटवलमा नेपाल भाषाको चलचित्र ‘गालय् वन’को च्यारिटी शो गरिने भएको छ । नेवा सेवा समितिको संयोजनमा नेवारी भाषाको चलचित्र ‘गालय् वन’ को च्यारिटी शो प्रदर्शन गरिन लागेको हो ।

नेपालभाषा क्षेत्र र बजारलाई विस्तार गर्दै चलचित्रकर्मीहरुलाई हौसला दिन तथा बुटवलमा सामाजिक संस्कार भवनको विस्तारको सहयोगार्थ च्यारिटी शो गरिने नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए । नेपालभाषामा काम सबै अभियन्ताहरुलाई एकठाँउमा ल्याएर नेपाल भाषाको प्रचार गर्न च्यारिटी शोले टेवा पुग्ने उनले बताए ।

आउँदो भाद्र ९ गते बुटवलका क्युएफएक्स बाहेकका द्वारिका सिनेमा, क्यु बक्स सिनेमा र भ्यु सिनेमा तीन वटै हलमा च्यारिटी शो प्रदर्शनको तयारी गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले सहयोग राशी ५०० रुपैयाँ राखिएको शोको टिकट बुटवल र यस आसपासका बिभिन्न स्थानबाट प्राप्त गर्न सकिने गरि ब्यवस्था मिलाईने जनाए ।

सत्य घटनामा आधारित नेवारी चलचित्र ‘गालय् वन’ मा नेवार समुदाय भित्रको संस्कारगत बिकृतिको बिरोध गरिनुका साथै नेवारी कला र संस्कृतिको जीवन्त प्रदर्शन गरिएको छ । ५० वर्ष भन्दा पुरानो नेवारी सभ्यता र त्यसबेला महिलालाई समाजले हेर्ने दृष्टीकोणलाई चलचित्रमा समावेश गरिएको चलचित्रका निर्देशक संयुक्त स्थापितले बताए । उनले सभ्यता, मनोरन्जन, सन्देश र कलाको समिश्रणकारुपमा चलचित्र निर्माण भएको दाबी गरे ।

प्रदर्शन गर्न लागिएको चलचित्र ‘गालय् वन’मा शोभा महर्जन, किरण जोशी, कमल प्रसाद भट्ट, मञ्जु श्रेष्ठ, विज्ञान पक्का (चक्लेट), अजय दुवाल, अन्नपूर्णेश्वरी श्रेष्ठ, नानी मैयाँ प्रजापति, राजेश गोसाई लगायतको मुख्य भूमिका रहेको छ । संयुक्त स्थापितले निर्देशन गरेको चलचित्रको छायाङ्कन र दृश्य सम्पादन बालकुमार मगरले गरेका छन् भने कथा, पटकथा र संवाद विज्ञान पक्का (चक्लेट) को रहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ४ : ०१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले