२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज उडेको १३ मिनेटमा काठमाडौं मै अवतरण



काठमाडौं । त्रिभुवन विमानस्थलबाट आज मध्यान्ह भैरहवाको लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौंमा अवतरण गरेको छ । उडान नम्बर ८५७ को जहाज ‘इन्डिकेटर’मा समस्या आएपछि १० माइल पुगेर फर्केको हो ।

विमानस्थलबाट उडेको १३ मिनेटमा जहाजको इन्डिकेटरमा समस्या आएको बताइएको छ । १ः४० मा उडेको जहाज १ः५३ मा सिङ्गल इन्जिनमा त्रिभुवन विमानस्थल मै ल्यान्ड गरेको थियो । जहाज १० माइल टाढा पुगेर काठमाडौंमा ल्यान्ड गरेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

भैरहवाको लागि १ः४० मा उडेको विमानको इन्डिकेटरमा समस्या देखिएपछि १ः५३ मा सिङ्गल इन्जिनमा ल्यान्ड गरेको प्रवक्ता झाले बताए । पछि यात्रुलाई अर्को विमानबाट भैरहवा पठाइएको छ । जहाजमा के कारण समस्या आएको हो, चेकजाँच गर्दै छ ।” उनले भने ।

जहाजमा ७० जना यात्रु रहेका थिए । ती यात्रुलाई अर्को जहाजमा भैरहवा पठाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ५ : ४१ बजे

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन

बुटवलको नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१ सुरु

बुटवल । बुटवल उपहानगरपालिका–१२ नयाँगाउँमा भोलीदेखि प्रथम साँस्कृतिक रमाइलो मेला-२०८१