१६ श्रावण २०८३, शनिबार | August 1, 2026

काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाज उडेको १३ मिनेटमा काठमाडौं मै अवतरण



काठमाडौं । त्रिभुवन विमानस्थलबाट आज मध्यान्ह भैरहवाको लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि काठमाडौंमा अवतरण गरेको छ । उडान नम्बर ८५७ को जहाज ‘इन्डिकेटर’मा समस्या आएपछि १० माइल पुगेर फर्केको हो ।

विमानस्थलबाट उडेको १३ मिनेटमा जहाजको इन्डिकेटरमा समस्या आएको बताइएको छ । १ः४० मा उडेको जहाज १ः५३ मा सिङ्गल इन्जिनमा त्रिभुवन विमानस्थल मै ल्यान्ड गरेको थियो । जहाज १० माइल टाढा पुगेर काठमाडौंमा ल्यान्ड गरेको विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

भैरहवाको लागि १ः४० मा उडेको विमानको इन्डिकेटरमा समस्या देखिएपछि १ः५३ मा सिङ्गल इन्जिनमा ल्यान्ड गरेको प्रवक्ता झाले बताए । पछि यात्रुलाई अर्को विमानबाट भैरहवा पठाइएको छ । जहाजमा के कारण समस्या आएको हो, चेकजाँच गर्दै छ ।” उनले भने ।

जहाजमा ७० जना यात्रु रहेका थिए । ती यात्रुलाई अर्को जहाजमा भैरहवा पठाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ५ : ४१ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा