१६ श्रावण २०८३, शनिबार | August 1, 2026

नहरपुर माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा थापा



बुटवल । बुटवल वडा नं. ११ नहरपुरमा रहेको नहरपुर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चेतन थापा मगर निर्विरोध चयन भएका छन् ।

थापा मगर उक्त विद्यालयका पूर्व विद्यार्थी समेत हुन् । उनले यस विद्यालयको विव्यस, निर्माण समिति साथै नहरपुर माविको पूर्व विद्यार्थी संगठनको अध्यक्ष समेत भएर काम गरिसकेका छन् । उनको नेतृत्वमा सदस्यहरु तारा के.सी., ईश्वरा क्षेत्री, चन्द्रकला परियार, गीता कुवंर र ताल कुमारी गुरुङ पनि निर्विरोध चयन भएका छन् ।

त्यसैगरी शिक्षक प्रतिनिधि बलराम न्यौपाने, सदस्य सचिव प्रधानाध्यापक धनिश्वर गौतम र सम्बन्धित वडाका वडाध्यक्ष सदस्य हुने व्यवस्था अनुसार रामचन्द्र क्षेत्री गरी ९ जनाको विद्यालय व्यवस्थापन समिति गठन भएको हो ।

त्यसैगरी नारायण भुसालको संयोजकत्वमा शिक्षक अभिभावक संघ पनि गठन भएको छ । जसको सदस्यहरुमा यम कुमारी आचार्य, कलावती आचार्य, नारायण सारु, सावित्रा वि।क।, तारा नेपाली, शान्ता माया तामाङ कटुवाल, कृष्णा शाही ठकुरी, शिक्षक प्रतिनिधि कमला थापा निर्विरोध चयन भएका छन् । बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमख टीकाराम पन्थीको संयोजकत्वमा भएको अभिभावक भेलाबाट उक्त समिति गठन भएको हो ।

नहरपुर मावि बुटवलमै नेपाली माध्ययममा मात्र अध्यापन गराएर राम्रो नतिजा दिदै आएको भन्दै बुटवल उपमहानगरपालिकाका शिक्षा, जनसङ्ख्या तथा वित्त महाशाखा प्रमुख मित्रमणी खनालले विद्यालयको प्रशंसा गरे । कक्षा १२ सम्मको अध्ययन अध्यापन हुदै आएको उक्त विद्यालयमा अहिले १५ सय बढि विद्यार्थीहरु अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक गौतमले जानकारी दिए । विद्यालयको आफ्नै फुटबल मैदान समेत रहेको छ भने पूर्वाधारको हिसावले अत्यन्त फड्को मारेको छ ।

कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, कार्यपालिका सदस्य यम सुनार, वडा सदस्य नकुल शाही ठकुरी, विव्यस निवर्तमान अध्यक्ष डोर प्रसाद पोख्रेल, सहायक प्र.अ. युवराज पन्थी, आधारभूत तया संयोजक थिरलाल न्यौपाने लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ६ : ४९ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा