२५ चैत्र २०८२, बुधबार | April 8, 2026

कथा समीक्षा : दीनानाथको ‘लाखे पुलामी’



नेपालको राष्ट्रिय राजनीतिका पाको पुस्ताका शिखर व्यक्तित्व दीनानाथ शर्मा केवल राजनीतिज्ञ मात्रै नभएर वरिष्ठ साहित्यकारको रुपमा पनि आफुलाई स्थपित गर्न सफल भएका छन् । उनी आत्मपरक निबन्ध विधाका सिद्धहस्त हस्ताक्षर हुन् । उनका दर्जनभन्दा बढी निबन्ध प्रकाशित भैसकेका छन् । त्यस्तै कविताहरु पनि ।

दीनानाथबारे प्राध्यापक माधव पोख्रेल भन्छन्, ‘…उनका वस्तुपरक निबन्धहरु भन्दा बेग्लै आत्मपरक निबन्धमा उनी थोरै राजनेता धेरै कवि र साहित्यकारका रुपमा देखा पर्छन्’ – (कुलुङ्गाकी आमा) ।

अर्का विद्वान समालोचक प्राडा लक्ष्मण गौतम लेख्छन्, …आत्मपरक कलात्मक निबन्ध लेखनका क्षेत्रमा मानक श्रष्टा बनेका छन्’ – (एक सम्बोधन समयमाथि) ।

निबन्ध विधाका सफल सारथी शर्माले ७०को दशकपछि प्रत्येक वर्ष एक एक वटा साहित्यिक कृति लिएर पाठकसामुख उपस्थित हुनुका साथै नेपाली साहित्यभण्डारको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । राजनीतिको सक्रिय चटारोबाट फुर्सद निकालेर पनि साहित्य क्षेत्रमा उदाउन पछि परेका छैनन् उनी ।

जीवन ७७ बसन्त पार गरेर ७८ औं वर्ष प्रवेशको दिन पारेर गत श्रावण ४ गते साहित्यकार शर्माले ‘लाखे पुलामी’ कथा संग्रह पस्केका छन् । शर्माको कलम अबिराम चलिरहेको छ । कथाकार शर्माको जन्मगाउँका छिमेकी जपतप, सध्यातर्पण र साधनाबाट आफ्नो आयु आफैले नाप्न सफल ‘लाखे पुलामी’लाई सत्यकथाको पात्र बनाएर कथा संग्रह सार्वजनिक भएको छ ।

पर्वते मल्ल राजाका गुरु पुरोहित पौडेल वंशीय आत्रेय गोत्री वलीपाध्याका सन्तान मध्य एक म्याग्दीको पातलेखेत पुलाचौरबाट हालको बागलुङ नगरपालिका वडा नम्वर १२ अमलाचौरमा आएर लाखे पुलामी बसेका थिए ।

बलेवाथुमअन्तर्गत पर्ने राजाबाट पाएको रैकर उपहार उपभोग गर्ने उक्त ठाउँको नाम पनि पातलेखेतबाट प्रचलित छ । पुला पातलेखेतबाट आएको हुनाले पुलामी भनिएको हुनुपर्छ त्यो वंशलाई । अमलाचौरको पातलेखेतबाट महिसे पुलामीका १२ भाइ छोरा मध्ये एक भाइ लाखे पुलामी अमलाचौरकै गहतेरा भन्ने ठाउँमा आएर बसेका थिए । लाखे पुलामी उतिबेलाका सम्पन्न भलाद्मी थिए ।

उतिबेलाको सामाजिक परिवेश, परिस्थिति र मनोविज्ञानलाई केन्द्रमा राखेर लाखे पुलामीको मरणलाई कथावस्तुमा ढालेर सत्यकथा सार्वजनिक भएको छ ।

‘लाखे पुलामी’ कथा संग्रह शर्माको कथा विधाको पहिलो सन्तान हो । भुँडी पुराणले प्रकाशन गरेको अठार वटा कथाको यो संगालोभित्र नेपाली समाजको यथार्थ चित्र उतार्न प्रयत्न भएको छ ।

पुस्तकको समीक्षा गर्दै अर्का साहित्यकार हरिहर खनाल लेख्छन्, ‘अनेक उत्तरदायित्व पूरा गर्नुपर्ने व्यस्त जीवनका बहुमूल्य क्षणहरुलाई उपयोग गर्दै उहाँले आफ्ना सिर्जनामार्फत आञ्चलिक पनि भन्न मिल्ने किसिमले कालीगण्डकीको सेरोफेरो, त्यसको वरपरका गाउँवस्ती र तिनै गाउँवस्तीका दुःखी, निर्धा जनका कथा–व्यथालाई सरल शब्दमा उत्खनन गर्ने प्रयत्न गरेको देखिन्छ ।’

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ८ : ५३ बजे

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण

निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क

स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुसँग पौवाको एक छाक खाना

नेपालगन्ज । होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रितहरुलाई खाना

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका