१ आश्विन २०८३, बिहिबार | September 18, 2026

बुटवलमा स्किल प्रोम्ट प्रालि संचालनमा



बुटवल । विश्व बजारमा पुगेर प्राप्त गरेका विभिन्न प्राविधिक ज्ञान तथा सीपलाई प्रयोग गरी जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित युवाहरुले बुटवलमा स्किल प्रोम्ट प्राली सञ्चालनमा ल्याएका छन् । विश्व बजारमा उपलब्ध अवसरहरुलाई स्वदेशमा नै उपभोग गर्न सक्ने सक्षम र दक्ष जनशक्ति निर्माणका लागि प्राविधिक तर्फका विभिन्न सीपहरुमा विद्यार्थीलाई काम गर्दै सिक्ने वातावरण निर्माणका लागि स्किल प्रोम्ट सञ्चालन ल्याइएको सिइयो प्रदिप पन्थीले जानकारी दिए ।

प्राविधिक तर्फका विभिन्न कक्षाहरु सञ्चालन गरिने स्किल प्रोम्ट मार्फत विद्यार्थीहरुले आफ्नो नियमित अध्ययनका साथै सीप पनि सिक्ने हुँदा स्वदेशमै स्वरोजगार तथा अन्य ठाउँमा रोजगारका लागि पनि अवसर प्राप्त गर्न सक्नेगरी तयार पारिने सिईयो पन्थीले बताए ।

कम्पनीले वेब, वेब एप्स सफ्टवेर डेभलपमेन्ट, डिजिटल मार्केटिङ नेटवर्क, सेक्युरिटि डाटा विज्ञान, कम्प्यूटर भिजन र नेचुरल ल्याइवेज प्रोसेसिङ जस्ता क्षेत्रमा विद्यार्थीलाई ज्ञान तथा सीप प्रदान गर्ने छ । ‘विद्यार्थीहरुलाई आई टी क्षेत्रमा जब रेडी गर्ने उद्देश्यका साथ यस क्षेत्रमा चाहिने आवश्यक व्यवहारीक सीप सिकाईको लागि तयार गर्न इन्ट्रन्सिप व्यवस्थाका साथै भविष्य बनाउने कुरामा मद्दत प्रदान गर्दै स्किल प्रोम्ट सञ्चालनमा ल्याएका हौं ।’-संस्थाका अध्यक्ष दिपेन्द्र विष्टले भने, ‘अमेरिका, अष्ट्रेलिया, ताइवन जस्ता देशका विकसित कम्पनीहरूमा सिकेका सीपहरुको अनुभवलाई बुटवल क्षेत्रका विद्यार्थीमाझ वास्तविक व्यवहारिक ज्ञानको अवशर प्रदान गर्ने हाम्रो लक्ष्य रहेको छ ।’ विद्यार्थीलाई अहिलेको विश्व बजारमा उपलब्ध अवशरको उपभोग गर्न सक्ने बनाउनु नै आफ्नो प्राथमिकता रहेको उनले बताए ।

स्किल प्रोम्टले वेबसाइट डेभलप्मेन्ट, फ्रन्ट एन्ड व्याक एन्ड र फुल स्टक भेजमेन्ट, ग्राफिक डिजाइनिङ र डिजिटल मार्केटिङको क्षेत्रमा जब रेडी कार्यक्रम सुरु सुरु गरिसकेको छ । उक्त कार्यक्रमहरुमा रुपन्देहीका विभिन्न प्राविधिक कलेजहरुमा अध्ययन गरिरहेका विद्यार्थी सहभागी रहेका छन् । उनीहरुले काम गर्दै सैद्धान्तिक ज्ञानहरु समेत सिकिरहेका छन् । विविध आईटी सम्बन्धित पेशाहरूको विस्तार गर्ने योजना सहित स्थापना भएको कम्पनीले शैक्षिक अवधि र स्तर अनुसार भिन्न भिन्न कक्षा सञ्चालन गर्दै आएको छ ।

यसैबीच कम्पनीले आयोजना गरेको कोडिङ प्रतियोगितामा बुटवलको अक्सफोर्ड कलेजमा अध्ययनरत विद्यार्थी प्रान्त भट्टराई र सन्जय मारासिनीको समूह विजयी हुन सफल भएको छ । प्रथम स्थान हासिल गर्दै उनीहरुले नगद १० हजार राशी प्राप्त गरेका छन् । उनीहरुलाई शनिबार स्किल प्रोस्टको औपचारिक शुभारम्भको अवसरमा खादा तथा नगद राशी सहित सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ७ : ४७ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा