११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

हुम्लामा जहाज नजाँदा इमेलमा पठाएको प्रश्नबाट परीक्षा



सुर्खेत । नेपालगन्जबाट हुम्ला जहाज नजाँदा त्यहाँ आज हुने परीक्षाको प्रश्नपत्र पुगाउन निकै समस्या भएको थियो। नागरिक उड्डयन प्राधिकरणले  साउन १२ गते शुक्रबारदेखि नयाँ उडान तालिका निकालेपछि हुम्लामा जहाज नउड्दा प्रश्न पत्र ढुवानी कार्य रोकिएको हो ।

राष्ट्रिय सडक सञ्जालसँग समेत नजोडिएको हुम्लाको एक मात्र यातायात हवाई हो।उडान नहुँदा त्रिभुवन विश्वविद्यालयले तोकेको समयमा प्रश्नपत्र नपुगेपछि आइतबार बिए र बिएड दोस्रो वर्षका विद्यार्थीलाई इमेलमार्फत प्रश्नपत्र मागेर ४५ मिनेट ढिला परीक्षा सुरु भएको मानसरोवर बहुमुखी क्याम्पसका प्रमुख दीपक भण्डारीले बताए। इमेलमा गएको प्रश्नपत्र फोटोकपी गरी ४५ मिनेट ढिला मात्रै परीक्षा सञ्चालन गरिएको भण्डारीले बताए ।

आइतबार बिएतर्फ कोड नम्बर ४०२ भएका विषय र बिएडतर्फ शैक्षिक मनोविज्ञान ४२१ को परीक्षा थियो। क्याम्पस प्रमुख भण्डारीका अनुसार मानसरोवर बहुमुखी क्याम्पसबाट ७३ परीक्षार्थी उपस्थित थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ९ : ११ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि