२० मंसिर २०८२, शनिबार | December 6, 2025

हुम्लामा जहाज नजाँदा इमेलमा पठाएको प्रश्नबाट परीक्षा



सुर्खेत । नेपालगन्जबाट हुम्ला जहाज नजाँदा त्यहाँ आज हुने परीक्षाको प्रश्नपत्र पुगाउन निकै समस्या भएको थियो। नागरिक उड्डयन प्राधिकरणले  साउन १२ गते शुक्रबारदेखि नयाँ उडान तालिका निकालेपछि हुम्लामा जहाज नउड्दा प्रश्न पत्र ढुवानी कार्य रोकिएको हो ।

राष्ट्रिय सडक सञ्जालसँग समेत नजोडिएको हुम्लाको एक मात्र यातायात हवाई हो।उडान नहुँदा त्रिभुवन विश्वविद्यालयले तोकेको समयमा प्रश्नपत्र नपुगेपछि आइतबार बिए र बिएड दोस्रो वर्षका विद्यार्थीलाई इमेलमार्फत प्रश्नपत्र मागेर ४५ मिनेट ढिला परीक्षा सुरु भएको मानसरोवर बहुमुखी क्याम्पसका प्रमुख दीपक भण्डारीले बताए। इमेलमा गएको प्रश्नपत्र फोटोकपी गरी ४५ मिनेट ढिला मात्रै परीक्षा सञ्चालन गरिएको भण्डारीले बताए ।

आइतबार बिएतर्फ कोड नम्बर ४०२ भएका विषय र बिएडतर्फ शैक्षिक मनोविज्ञान ४२१ को परीक्षा थियो। क्याम्पस प्रमुख भण्डारीका अनुसार मानसरोवर बहुमुखी क्याम्पसबाट ७३ परीक्षार्थी उपस्थित थिए ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ९ : ११ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल