१६ श्रावण २०८३, शनिबार | August 2, 2026

जि-२५ क्लबद्वारा कपडा बैंक स्थापना



बुटवल । बुटबलमा उपमहानगरपालिका-११ मा रहेको जि-२५ क्लबले कपडा बैंक स्थापना गरेर निःशुल्क कपडा वितरण गरेको छ ।

सामाजिक कार्यमा सक्रिय हुँदै आएको क्लबले बुटवलका विभिन्न उद्योगी, ब्यवसायी तथा क्लबका सदस्यसँग कपडा संकलन गरी गरिब तथा विपन्नहरुका लागि कपडा वितरण गरिएको कार्यक्रम संयोजक लक्ष्मण पोख्रेलले बताए ।

जि-२५ क्लबका अध्यक्ष निर्मल नेपालले क्लबले विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको र यो पटक बैंक स्थापना गरेर कपडा संकलन गरी ३ दिनसम्म कार्यक्रमको आयोजना गरी कपडा वितरण गरिएको जानकारी दिए ।

सबैले सबैखालका कपडा क्लबमा संकलन गर्न सकिने उनले बताए । कार्यक्रम संयोजक लक्ष्मण पोख्रेलले करीब २ सय बढीलाई कपडा वितरण गरीएको बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १० : ५७ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा