५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा एकीकरणका लागि निवेदन सङ्कलन



दाङ । लुम्बिनी प्रदेशको राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरी दाङलाई व्यवस्थित सहरका रूपमा विकास गर्न निवेदन सङ्कलन सुरु भएको छ । राप्ती गाउँपालिका–२ बाट उक्त कार्य सुरु भएको हो ।

सुरुआतमा उक्त वडाको सुन्दर नगर टोलका ४० जग्गाधनीबाट निवेदन सङ्कलन सुरु गरिएको आयोजना प्रमुख शङ्कर सुवेदीले बताए । “राजधानी क्षेत्रमा जग्गा एकीकरणको काम अघि बढेको छ”, उनले भने, “पहिलो चरणमा हामीले ४० जग्गाधनीको निवेदन सङ्कलन गरेका छौँ, यो क्रम नियमितरूपमा अगाडि बढ्नेछ ।”

प्रदेश पूर्वाधार प्राधिकरणद्वारा सञ्चालित जग्गा एकीकरण आयोजनाले उक्त जग्गा एकीकरणका लागि पहिलो चरणमा उनीहरूबाट सो निवेदन सङ्कलन गरेको हो । राप्ती–२ मा करिब ६५ बिघा जग्गा छनोट गरी कार्य अघि बढाइएको छ ।

उनका अनुसार जग्गा एकीकरणका लागि वडाको प्रत्येक टोलबाट निवेदन सङ्कलन गरिनेछ । लामो समयदेखि राजधानी क्षेत्रको जग्गा फुकुवा नहुँदा स्थानीय वासिन्दा समस्यामा पर्दै आएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  १ : ३३ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही