३ आश्विन २०८३, शनिबार | September 19, 2026

इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिज विजयी



काठमाडौं । इंग्ल्यान्डविरुद्धको पहिलो टेष्टमा पाहुना टोलि वेष्ट इन्डिज विजयी भएको छ ।

वेष्ट इन्डिजले इंग्ल्यान्डलाई ४ विकेटले पराजित गरेको हो । जितसँगै तीन खेलको सिरिजमा वेष्ट इन्डिजले १ – ० को अग्रता बनाएको छ ।

पहिलो टेष्टको पाँचौ दिन दोस्रो इनिङ्समा घरेलु टोली ३ सय १३ रनमा अलआउट भएपछि वेष्ट इन्डिजले २ सय रनको लक्ष्य पाएको थियो ।

इंग्ल्यान्डबाट पाएको मध्यम लक्ष्य वेष्ट इन्डिजले ६ विकेट गुमाएर पूरा गर्यो । वेष्ट इन्डिजका लागि जेर्मानी ब्लाकवुडले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोस्टन चेसले ३७ तथा शेन डरिचले २० रन बनाए । कप्तान जासन होल्डर १४ रनमा अविजित रहे ।

इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ तथा कप्तान बेन स्टोक्सले २ विकेट लिए पनि वेष्ट इन्डिजलाई रोक्न सकेनन् ।

यसअघि दोस्रो इनिङ्समा इंग्ल्यान्डको लागि ज्याक क्रलीले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा डोम सिब्लीले ५० रन बनाए । यस्तै कप्तान बेन स्टोक्सले ४६ रन जोड्दा रोरी ब्रुन्सले ४२ रन जोडे । जोफ्रा आर्चरले २३ रन बनाए । वेष्ट इन्डिजका शानोन गार्ब्रियलले ५ विकेट लिए । अल्जारी जोसेफ र रोस्टन चेसले २र२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङ्समा अलआउट हुँदै २ सय ४ रन जोडेको थियो । यस्तै वेष्ट इन्डिजले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय १८ रन बनाएको थियो ।

दुई टोलीबीच तीन खेलको सिरिज हुनेछ । दोस्रो टेष्ट बिहीबारदेखि म्यानचेस्टरमा सुरु हुनेछ ।

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  ७ : २२ बजे

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग

अर्थमन्त्री वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा

परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर

माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङबाट थप ११ शव निकालियो

रसुवा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट शनिबार थप ११

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं । बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा