२२ माघ २०८२, बिहिबार | February 5, 2026

माग्न नआए पनि जिम्मेवार निकायबाट गोप्य राख्नैपर्ने बाहेकका सूचना दिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी कानुन निर्माण भएको १६ वर्ष पूरा भएपनि नागरिकले यसको व्यापक प्रयोग गर्न नपाएको बताएका छन्।

१७ औं राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक व्यवस्थामा सूचनाको अधिकार सुनिश्चित गरिनुको अर्थ हरेक सार्वजनिक निकायका काम कारबाहीमा नागरिकको निगरानी, हस्तक्षेप र खबरदारी बढाउनु भएपनि त्यसो हुन नसकेको बताएका हुन्।

जिम्मेवार निकायबाट माग्न नआए पनि कानून बमोजिम गोप्य राख्नैपर्ने सूचनाबाहेक सबै प्रकारका सार्वजनिक सूचना नियमित रूपमा सार्वजनिक गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले वास्तविक लोकतन्त्रको अभ्यास गर्नेहरूले सूचना नलुकाउने स्पष्ट पारेका छन् ।

जनताको आकांक्षालाई सम्बोधन गर्न राज्य प्रणालीका सबै निकायहरू जनचाहना अनुरूप निर्देशित र परिचालित हुनु अनिवार्य सर्त रहेको पनि उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निकायका सूचना अधिकारीहरू सूचनाको हकका अभियन्ताहरू तथा सम्पूर्ण नागरिकहरूमा सूचनाको हकप्रति थप क्रियाशील रहन आव्हान समेत गरेका छन्।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ९ : ३९ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका