६ पुस २०८२, आइतबार | December 21, 2025

माग्न नआए पनि जिम्मेवार निकायबाट गोप्य राख्नैपर्ने बाहेकका सूचना दिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचनाको हकसम्बन्धी कानुन निर्माण भएको १६ वर्ष पूरा भएपनि नागरिकले यसको व्यापक प्रयोग गर्न नपाएको बताएका छन्।

१७ औं राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतान्त्रिक व्यवस्थामा सूचनाको अधिकार सुनिश्चित गरिनुको अर्थ हरेक सार्वजनिक निकायका काम कारबाहीमा नागरिकको निगरानी, हस्तक्षेप र खबरदारी बढाउनु भएपनि त्यसो हुन नसकेको बताएका हुन्।

जिम्मेवार निकायबाट माग्न नआए पनि कानून बमोजिम गोप्य राख्नैपर्ने सूचनाबाहेक सबै प्रकारका सार्वजनिक सूचना नियमित रूपमा सार्वजनिक गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले वास्तविक लोकतन्त्रको अभ्यास गर्नेहरूले सूचना नलुकाउने स्पष्ट पारेका छन् ।

जनताको आकांक्षालाई सम्बोधन गर्न राज्य प्रणालीका सबै निकायहरू जनचाहना अनुरूप निर्देशित र परिचालित हुनु अनिवार्य सर्त रहेको पनि उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक निकायका सूचना अधिकारीहरू सूचनाको हकका अभियन्ताहरू तथा सम्पूर्ण नागरिकहरूमा सूचनाको हकप्रति थप क्रियाशील रहन आव्हान समेत गरेका छन्।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ९ : ३९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा