१० चैत्र २०८२, मंगलबार | March 24, 2026

अन्तर्राष्ट्रिय बुद्धिष्ट फोरममा लुम्बिनीको प्रस्तुति



बुटवल । रुसको बौद्ध राज्य बुरियाटमा भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा बुद्धजन्मस्थल लुम्बिनीको विषयमा कार्यपत्र प्रस्तुत भएको छ । रुसको बौद्ध राज्य बुरियाटको उलान उडेमा भन्ने ठाउँमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा लुम्बिनी विकास कोषका तर्फबाट सहभागी भएका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका हुन ।

उक्त अवसरमा सदस्य सचिव शाक्यले अहिले सम्म लुम्बिनीमा भएका गतिविधि र कपिलवस्तुलाई प्राचीन शाक्य राजधानीको रुपमा विश्व सम्पदा सुची सूचिकृतका लागि भइरहेको बताए । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सदस्य सचिव शाक्यको प्रस्तुतिले  बुद्धजन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।

सम्मेलनमा लुम्बिनी विश्वविद्यालयका डिन माणिकरत्न शाक्य, भिक्षु निग्रोध र मुकुन्द विष्टले परम्परागत बुद्ध धर्म र चुनौती सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका छन् । अगष्ट १७ देखि १९ सम्म संचालन भएको उक्त सम्मेलनमा रुसका विभिन्न राज्यहरुका प्रतिनिधिहरु, भारत, श्रीलंका, मंंगोलिया, म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओस, भियतनाम, चीन र नेपाल सहभागी रहेका थिए ।

 

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  १ : ४६ बजे

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, जवाफको प्रतीक्षामा निगम

काठमाडौं । इरानमाथि अमेरिका र इजरायलले संयुक्त रूपमा हवाई कारबाही

२३ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन नेपाल स्टक

झापामा ‘बर्ड फ्लु’ देखियो, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक

झापा । झापाका दमक नगरपालिका र झापा गाउँपालिकामा व्यावसायिक रूपमा

यस्तो छ सभापति थापाले प्रस्ताव गरेको १५ औं महाधिवेशनको कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन

आफ्नो देशको आणविक कार्यक्रम अपरिवर्तनीय : किम जोङ उन

सियोल । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम कुनै हालतमा नछोड्ने